दिलिप र रुबीनाले मच्चाए हंगामा (फोटो फिचर)

दिलिप र रुबीनाले मच्चाए हंगामा (फोटो फिचर)

महोत्सबको चौथो दिन, ग्याल्बो लोसारको सार्वजनिक विदा । महोत्सब सुरु भएको दिन देखी खाली हुने दर्शक मञ्च विहानै देखि भरिभराउ देखिन्थ्यो । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक र चर्चित डान्सर रुबीना अधिकारी आउने खबर पाएका दैलेखी दर्शकहरु नायक दिलिप र डान्सर एंव मोडल रुबीनालाई प्रत्यक्ष रुपमा देख्नलाई निकै आतुर देखिन्थे ।

नायक दिलिप र चर्चित डान्सर रुबीना आउनु भन्दा अगावै चर्चित गायक धनराज चुनाराले दर्शकहरुलाई नचाएका थिए । आफ्ना चर्चीत गितहरु गाएका चुनाराले दर्शक मञ्चमा धुलो उडाउने गरि नचाए ।
उनको गित सकिदै लाग्दा नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक दिलिप रायमाझी र डान्सर रुबीना अधिकारीको दर्शक मञ्चबाट हात हल्लाउदै स्टेश तर्फ सोझीए । उनिहरु दर्शक दिर्घाको नजिकै पुग्दा दर्शक दिर्घामा हलचल मच्चीयो । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई दर्शकहरुलाई सम्हाल्ने हम्मे हम्मे पर्यो ।

दिलिप र रुबीनाले सूरुमा रुपै मोहनी नारन, रुपै मोहनी बोलको गितमा कम्मर मर्काई मकाई नाचे र दर्शकहरुलाई पनि नचाए । बर्षौ देखि टेलिभिजनको पर्दामा देखिने गरेका नायक दिलिप रायमाझी र पछिल्लो समयकी व्यस्त र चर्चीत डान्सर तथा मोडल रुबीनाको नृत्यले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन् । नायक दिलिप र मोडल रुबीनाले चर्चीत गायक धनराज चुनाराका चर्चीत गितहरुमा संग संगै नाचेका छन् ।
दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सब हेर्न आएका हजारौं दर्शकलाइ चकलेटी नायक भनेर चिनिने नायक दिलिप रायमाझी र डान्सर एंव मोडल रुबीना अधिकारीले धुलै उड्ने गरि नचाए । मेला हेर्न आएका हजारौं दर्शकहरु उनिहरुको प्रस्तुतीमा दर्शक दिर्घाबाटै नाच्न भ्याए ।


आयोजकका अनुसार शुक्रवार १० हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । महोत्सबको पाँचौ दिन शनिवार नेपालकै चर्चित गायिका अञ्जु पन्त लगाएतका कलाकारहरुको प्रस्तुती रहने महोत्सबका कला संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् ।

प्रतिक्रिया