यस्ता छन् प्रदेश ६ को मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

यस्ता छन् प्रदेश ६ को मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

सुर्खेत । प्रदेश नम्बर ६ को मन्त्रीपरिषद् विस्तार भएसंगै शनिवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न २१ वटा निर्णयहरु गरेको छ । प्रदेश सरकार सञ्चालन कार्यसम्पादन नियमावलीदेखी प्रदेश ६ मा वृहत लगानी कोष खडा गर्ने निर्णयहरु गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

बैठकले प्रदेश सरकार लागि सार्वजनिक लिखित प्रमाणिकरण नियमावली, प्रदेश सरकार कार्य सम्पादन तथा कार्य विभाजन नियमावली २०७४ स्वीकृत गरेको केसीको भनाई छ ।

यस्तै आगामी आर्थिक वर्ष २०७५ मा पर्यटन प्रवद्र्धन गर्न रारा–कर्णाली पर्यटन महोत्सव गर्ने निर्णय समेत गरेको केसीले बताइन् । उनका अनुसार बैठकले कृषि, उद्योगको सञ्चालन, जेष्ठ नागरिकहरुको सम्वद्र्धन र स्वास्थ्य तथा शिक्षा लगायत क्षेत्रको विकास गर्ने निर्णयहरु गरेको छ ।

साथै, बैठकले रैथाने वालीको संरक्षण गर्ने, भु–उपयोग नीति बनउने, व्यवसायिक खेतीमा जागरुकता बढाउने, जनतासंग मुख्यमन्त्री कार्यक्रम, लगानीमैत्री वातावरण तयार गर्ने, एक गाउँपालिका एक घरेलु उद्योग निर्माण गर्ने, उत्तर जोड्ने तीन नाकाहरु सञ्चालनमा पहल गर्ने लगायत निर्णय समेत केसीले जानकारी दिइन् ।

प्रतिक्रिया