ज्योती मगर संगै झुमे दर्शक

ज्योती मगर संगै झुमे दर्शक

दैलेख फागुन ७
रिर्पोटर्स क्लब दैलेख शाखा द्धारा आयोजित दैलेख सास्कृतिक महोत्सवको सातौ दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरिन । मुल गेटदेखी स्टेजसम्म भरिभराउ दर्शकहरु गितमा धुमे । मध्यातपति ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा सोमवार हट होडल तथा चर्चीत गायिकाको रुपमा पहिचान बनाएकी ज्योती मगलाई हेर्नेको लागी हजारौंको भिड लाग्यो । पारिलो घाम ताप्दै ज्योतीको पर्खाइमा रहेको दर्शकहरु ज्योती मगर स्टेजमा आइपुग्दा दर्शकहरुको भिड थाम्न आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटीहरु भन्दा केटाहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा ज्योतीले आफ्ना गीतसंगीत प्रस्तुत गरिन् ।


ज्योती मगरले सुर्खेत बुलवुल ताल बाट आफ्नो प्रस्तुती सुरु गरी उही मुलाको सिन्की उहीमुलाको चाना, ढाडे विरालो, जाले रुमाल सोल्टीलाई बैना भो, जिम्मल बाउकी छोरी, लगायतका प्रस्तुतीहरु प्रस्तुत गरिन । हट गायिकाको रुपमा चिनिने ज्योती मगरले आफ्नो प्रस्तुती दिइरहदा महोत्सवमा उपस्थित दर्शकहरुले संगै गित गाउदै नाचेर साथ दिएका थिए ।
उनले आफ्ना फ्यान धेरै देखेपछि लगाएको ज्याकेट समेत खोल्न भ्याएकी ज्योतीले आफ्ना दर्जनौ गितहरु गाएरै नाचिन् । उनको गितमा साना साना बाल बालिकाह देखि युवा युवतीहरु कम्मर मर्काइ मकाई नाचेका छन् ।
महोत्सबको छैटौ दिनमा चर्चीत गायक धिरेन्द्र शाही लगाएत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सबको सातौ दिन १० हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सबको अन्तिम भोली नेपालकै नायक निखिल उप्रेतीको लगाएतको प्रस्तुती रहने महोत्सबका कला संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् ।

प्रतिक्रिया