सुर्खेत डायरी

सुर्खेत डायरी

               रामहरि अधिकारी

गत हप्ता प्रदेश नं ६ को राजधानी सुर्खेतको एकसरो भ्रमण गर्ने मौका मिल्यो। सुर्खेतको बाटो हुँदै पहिले एक दुइ पटक हिडेको भए पनि बजारको अन्तरकुन्तर हेर्ने गरि यो भ्रमण पहिलो जस्तै  थियो । साथै प्रदेशको राजधानी भैसके पछि को सुर्खेत हेर्दा छुट्टै अनुभब हुने कारण नया अनुभूति हुँदै थियो ।

गत बुधबार सुर्खेत आउँदा जिल्ला  स्वास्थ्य कार्यालय  ( जि स्वा का) बाट यस पटकको यात्रा शुरु गरियो जहा  प्रादेशिक राजधानीको एउटा  मन्त्रालय बनाउन जि स्वा कालाइ स्टोर राखिएको एउटा पुरानो हलतिर पठाएर धमाधम रंग रोगन गरिंदै रहेछ।

  बेलुका होटेलमा खाना खोज्दा हरेक होटेलमा ग्राहकहरुको भिड ठगी नसक्नु थियो। राजनीतिका ठुला ठुला गफ हुँदै थिए ।सुर्खेतमा त गजबको चहल पहल रहेछ भन्ने लाग्यो । काठमान्डूमा दिनभर सिंह दरबारको वरिपरि घुमी हिड्ने अनि बेलुका मन्त्रि क्वार्टर छिर्ने वा साम्सदहरुको फ्ल्याटमा शरणार्थी बन्न जाने त्यो दिनको भात पानीको जो हो गर्ने शक्तिका दलाल अनि नेताका आसेपासेहरु अब काठमान्डू छोडेर प्रदेशको राजधानी तिर केन्द्रित हुन थालेछन  भन्ने संकेत थियो त्यो । यसले गर्दा काठमान्डूको जनसंख्याको चाप अलिकति भने पनि घट्ला,  फोहोर अनि दुर्गन्ध अलिकति भए पनि घट्ला अनि काठमान्डू बस्न लायक होला कि भनेर आशा पनि लाग्यो ।. राजधानीको हल्लाले होला ,  होटेलमा खाना कोठा हरेक कुरा महंगीयेछ । खाना खाँदा  खाँदै दुइ  हुल मान्छे एकै छिनको फरक समयमा आए जुन हुलको बिचमा अनुहारमा रातो पोतेका एक एक जना थिए ।  ती दुवै त्यहि दिन दिउसो भएको राष्ट्रिय सभाको निर्बाचनबाट चुनिएका सदश्यहरु रहेछन । तिनको अन्यौलग्रस्त अनुहार हेरेर माया लाग्यो । ति दुवै जना  आफुले के गर्नु पर्ने होला भन्ने थाहा नभएर अन्यौलग्रस्त भए जस्ता देखिन्थे। यो नेताको पाछी लाग्ने हुलले यी बिचरा नेतालाई  होटेलको बिल तिराउन्दा तिराउन्दै कति रुवाउला भनेर पिर पनि लाग्यो ।

प्रादेशिक राजधानी आएकोले घर जग्गाको भाउ अकाशिएको,  होटेल र घरमा कोठा र बास पाउन गाह्रो भएको अनि  ‘’घरको छतमा तला थपि देउ , १० वर्षसम्म भाडामा लिन्छु’’ भन्दै उद्यमी, ब्यपारी र साहुजीहरु आएको सुनियो। यसै क्रममा ‘’बिना पूर्वाधार हावातालमा मध्य पश्चिम बिश्वबिद्यालयले पीएचडी शुरु गरेको’’ पनि जानकारी प्राप्त भयो । साथ साथै ‘’राजधानी भएको कारण सानो सुर्खेत उपत्यकाको सम्पूर्ण उब्जाउ जमिन मासिने भो, यस्तो उब्जाउ जमिनमा कंक्रिटको जंगलमा परिणत हुने भो’’ भन्ने चिन्ता पनि सुनियो ।

केहि दिन अघि मैले लेखेको ‘’कसरी प्रदेश नं ६ लाइ अबको १५ वर्षमा नेपालकै सबै भन्दा समुन्नत प्रदेश बनाउन सकिन्छ’’ भन्ने लेख दैलेखको स्थानिय अखबारमा प्रकशित भएको थियो । ‘’६ नं प्रदेशका समस्या र चुनौतीहरु के के छन् अनि अनि कसरी यसलाई सम्रिद्द बनाउन सकिन्छ’’ भन्ने अfधार अनि त्यसको लागि ‘’प्रदेश सरकारले  तत्कालको लागि के गर्नु पर्छ र कस्तो खालको मध्यकालीन र दीर्घकालीन योजना बनाएर लागु गर्नु पर्छ’’ भनेर तथ्य सहित लेखिएको त्यो लेखलाई सुझाबपत्रको रुपमा प्रदेशका नब निर्वाचित साम्सदहरुलाई हस्तान्तरण गर्नु पर्यो भनेर केहि साथीहरुले दिएको सुझाब अनुसार अखबारमा प्रकाशित सो लेखलाई प्रिन्ट गरेर भोलिपल्ट बिहानै  भाइ सम्राट रेग्मी , मित्र अशोक योगी , बैनी ज्योति कटुवाल र आठ्बिस नगरपालिका दैलेखकी उपप्रमुख दिपा बोहोरा संग लागियो संसदहरुलाई भेट्न ।

सर्ब प्रथम नेपाली कांग्रेसको कार्यालय पुगियो जहा बामदेब गौतमलाई पराजित गर्ने संजय गौतम जो बर्तमान सरकारका मन्त्रि पनि हुन् र अन्य दुइ जना नब निर्बाचित प्रदेश सभा साम्सदसंग भेट भयो। र उनीहरुको हातमा सुझाब पत्र दियियो . कांग्रेसका बाँकी अन्य साम्सदहरुलाई वितरण गरिदिन अनुरोध गर्दै त्यहा रहेका कांग्रेसका प्रदेश सभापतिलाई दिंदा उनले आधा चासो र आधा नचासोसंग सो सुझाब पत्र लिए ।

 त्यसपछि लागियो एमालेको तिर जहा अलिक राम्रै उत्साह थियो त्यो सुझाब पत्र प्रति। उनीहरुले ‘’६ नं प्रदेश मुलुककै सम्रिद्द हुन सक्ने अधारहरु पनि यसमा  दिनु भएको छ?’’ भनेर सोध्दा मैले ‘’पढेर हेर्नुस , पुरा प्रमाण सहित लेखेको छु’’  भने पछि उनीहरु खुशी भए अनि  हामीले गर्नु पर्ने काम तपाइले गर्नु भएछ भनेर खुशी ब्यक्त गरे।

  त्यस पछि लागियो , माओबादीको पार्टी कार्यालमा जहा संसदहरु र कार्यालयका सांसदहरु भेटिएनन् भने त्यहाँ हुने आउरेबाउरेहरुले खासै चासो दिएनन् । हामीले साम्सदज्युहरु नभेटिए पनि हजुरहरुले उहाहरुलाइ दिनु होला भन्दै ‘’एउटा फोटो खिचौन’’ भन्दा अल्छी मानि मानि स्वीकार गरे । तर अलिक पल्तिर मुख्यमन्त्रीका अfकंfछी नरेश  भण्डारी र उनको टोलि भेटियो जसले त्यो सुझाबं प्रति अलिक चासो दिए झैं लाग्यो ।

हामीले सबै ठाउँमा ” हामी बिकट कर्णाली र सिंगो ६ नं प्रदेशलाई माया गर्ने सचेत नागरिकहरुको तर्फबाट यो सुझाब दिंदै छौ । तपाइहरुलाइ थप जिज्ञासा छ र भन्नु हुन्छ भने हामी आएर सप्रमाण यो प्रदेशलाइ देशकै सबै भन्दा सम्रिद्द गर्ने योजना बनाउन सहयोग गर्न सक्छौ ” भन्यौं र अटो रिक्सा चढेर नेपालकै प्रमुख बुदिस्ट तिर्थस्थलहरु मध्ये एक कक्रिबिहर तर्फ लागियो ।.नामैले बुद्दमार्गीहरुको तिर्थस्थल भनेर बुझिने यो काक्रेबिहारमा आफू पनि बुद्धमार्गी भएकोले  जाने रहर पहिले देखिकै थियो। यसमाथि  हिन्दुहरुको चार धाम भने झैं भिश्व भरका बुद्धमार्गीहरुकोलागि.पनि सम्पूर्ण  तिर्थयात्राको प्याकेज तयार गराउने हेतुले  भगवान बुद्धको जन्म भुमि   लुम्बिनी,बाट शुरु गरेर नेपालकै बुद्धिस्ट सर्किट बनाउने योजनाका साथ हामीहरु काम गरि रहेका छौँ । यसै उदेश्यका साथ् बुद्धको जन्मभुमि लुम्बिनीलाइ उनले २९ वर्ष बिताएको कपिलबस्तु , उनको  मामाघर अहिलेको रुपन्देहीमा पर्ने देबदह, त्यस्तै उनको अस्थिधातु राखिएको नवलपरासी जिल्लामा पर्ने रामग्रामलाइ काठमान्डूको स्वयम्भु  र बौद्ध , काभ्रेको नमोबुद्ध र  पोखराको माटेपानी गुम्बालाइ खोटांगको हलेसी , मुस्ताङ्गको मुक्तिनाथ हुँदै तिब्बतको मानसरोबरसंग जोड्ने मार्गको मुख्य बिन्दुको रुपमा बिकास गर्नको लागि काक्रेबिहारको ठुलो स्थान भएकोले यो ठाउँ हेरी बुद्धिस्ट सर्किटको बिकासकोलागि योगदान गर्ने मेरो उदेश्य भएकोले यो ठाउँ हेर्ने मेरो ठुलो रहर थियो ।

तर त्यहाँ पुगेर मलाइ साह्रै नरमाइलो लाग्यो , मैले चित्रमा देख्ने गरेको सुतेको बुद्धको ठुलो मुर्ति त्यहाँ देखिन। सोध्दा हिन्दु मन्दिर बनाउने कि बुद्धको मुर्ति राख्ने भन्ने बिबाद भएकोले सो मुर्ति प्रहरीले लगेर आफ्नो कार्यालयमा राखेको सुनियो । त्यहा पुराना पुरातात्विक बस्तुहरु प्रशस्त थिए र जताततै फ्याँकिएका थिए। त्यहा एउटा मन्दिरको पुरानो भग्नाबसेश थियो  र कामदारहरु धमाधम सो मन्दिरको मर्मतको काम गर्दै थिए । तर दुखको कुरा , मलाइ ‘’यहा बन्दै गरेको मन्दिर के को हो, यहाको बुद्ध को मुर्ति संग भएको बिबाद के थियो , यो ठाउँको बुध्ध धर्म संग जोडिएको कुरा के थियो’’ भनेर बताउने कोहि भेटिन ।  त्यहाँ भएको एउटा होर्दिंग बोर्ड पनि भत्केर लड्न लागेको थियो । यसलाई हेर्दा  सुर्खेतका नेता र बुद्धिजिबी अनि जनताले ‘’माल पाएर चाल नपाएको’’ जस्तो लाग्यो । काक्रिबिहार समेत जोडेर नेपालको आफ्नै बुद्धिस्ट सर्किट बनाउने ,  नेपालमा करोडौ बुद्धमार्गी पर्यटक भित्रयाउने र तीनिहरुबाट  अरबौं  बिदेशी मुद्रा भित्र्याउने अनि  खाडी र मलेशियामा पसिना बगाउन जाने  युबाहरुलाई यहि रोजगार उपलब्ध गराउने मेरो सपनामा तुसारापात भए झैं भयो । .साँचै हिन्दु र बुद्धिस्टको बिबाद भएकोले यहाको मुर्ति हटाइएको हो भने यो राम्रो भएन जस्तो लाग्यो । .

त्यस पछि जिल्ला प्रहरी कार्यालय ( हाल ट्राफिक प्रहरी कार्यालय ) भित्र भएको बुद्धको मुर्ति हेर्न गईयो । त्यहा उभिएको विहंगम बुद्धको बुर्तिलाइ अपराधि झैं राखिएको देखेर नरमाइलो लाग्यो । सुर्खेतका ठुला बडाले काक्रेबिहारको बुद्धिस्ट महत्वलाइ आत्मसाथ गर्दै काक्रेबिहारलाई फेरि एक पटक आकर्षणको केन्द्र बनाउलान भन्ने आशा गर्दै त्यो दिनको सुर्खेत भ्रमणको अन्त्य गरियो ।

प्रतिक्रिया