प्रजातन्त्र दिवसको अबसरमा विरामीलाई फलफुल वितरण

प्रजातन्त्र दिवसको अबसरमा  विरामीलाई फलफुल वितरण

६८ औं प्रजातन्त्र दिवस देशभर उत्साहपूर्वक सम्पन्न भएको छ । दिवसको अबसरमा दैलेखमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । दिवसको अबसरमा आइतवार दैलेख सदरमुकाममा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो भने सोमवार जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको प्रजातन्त्र दिवसको अवसरमा स्थानीय गणेशचौक देखि व्यानर सहित बजार परिक्रमा गरिएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको प्रजातन्त्र दिवस तथा दोस्रो निर्वाचन दिवसको अवसरमा बोल्ने अधिकाँस बत्ताहरुले प्रजातन्त्रको संस्थागत विकासमा सवै एकजुट हुनुपर्ने धारणा राखेका छन । विगतका इतिहास देखि वर्तमानको उपलब्धि सम्मका दिनहरुका बारेमा कार्यक्रममा समिक्षा गरिएको थियो । २००७ साल अघिदेखि हाल सम्मका उतार चढावहरुको बिश्लेषण गर्दै सबैले आफ्नो आचार सच्याउँदै जनताप्रति उत्तरदायि हुन सके प्रजातन्त्र संस्थागत हुनुपर्ने बत्ताहरुले बताएका छन् । प्रजातन्त्रका नाउँमा भएका कमिकमजोरीहरु हटाउनुपर्ने सुझाव वत्ताहरुले दिएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का, जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाह, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, जिल्लाका राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस दैलेखका सचिव भूपेन्द्र शाही लगायतले सुझाव सहित शुभकामना मन्तब्य राखेका थिए भने दिवसको अबसरमा आज जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा रहेका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको छ ।

प्रतिक्रिया