सहयात्रा परियोजनाले गुँरास गापामा ४२ लाख खर्च गर्ने

सहयात्रा परियोजनाले गुँरास गापामा ४२ लाख खर्च गर्ने

दैलेख- सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाले दैलेखको गुँरास गाउँपालिकामा विभिन्न क्रियाकलापहरु संचालनका लागि ४२ लाख बराबरको रकम खर्च गर्ने भएको छ । सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र एभरेष्ट क्लब दैलेखले सयुक्त रुपमा गुँरास गाउँपालिकामा आयोजना गरेको सहयात्रा परियोजना, मातृ शिशु स्वास्थ्य परियोजना र युवा सशक्तिकरण (बुलगारी) परियोजनाको परिचयात्कम तथा बार्षिक समिक्षा बैठकमा यस्तो जानकारी दिइएको हो । गरिब मुक्त, विभेद रहित हिंसा रहित, न्याय मूलक र स्वस्थ्य एंव समृद्ध समाजको परिकल्पना सहित जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले यस बर्ष गुरास गाउँपालिकामा सहयात्रा परियोजना मार्फत विभिन्न क्रियाकलाप संचालनका लागि ४२ लाख ८६ हजार बराबरको रकम खर्च गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिएका छन् ।
शिक्षा, बाल संरक्षण र बाल अधिकारा शासनको क्षेत्रमा काम गर्दै आएको सहयात्रा परियोजना गुरास गाँउ पालिकाको लाँलीकाँडा, पिलाडी, सेरी, खड्गवाडामा संचालित छन् भने सिगौगी, राकमकर्णाली, विशाला, चामुण्डा, जम्बुकाँध र पादुकामा संचालित छ । परियोजनाले खासगरि पछाडी परेका र पारिएका समूह बालबालिकाको सिक्ने र अन्तरनिहित क्षमताको पुरा उजागर गरि आधारभुत शिक्षामा सुधार गर्ने लक्ष राखेको संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । परियोजनाले गुरास गाँपालिकामा अनिवार्य तथा आधारभुत शिक्षा, पूर्ण साक्षर तथा विद्यालय शान्ति क्षेत्र घोषणाको कामहरु गरेको बताइएको छ । गुरासँ गाँउपालिकामा सहयात्रा परियोजना संगै सेभ द चिल्ड्रेन मार्फत मातृ शिशु
स्वास्थ्य परियोजना र एभरेष्ट क्लब मार्फत युवा सशक्तिकरण (बुलगारी) परियोजना संचालित छन् ।
परिचयात्कम तथा बार्षिक समिक्षा बैठकमामा गुँरास गाउँपालिकाका अध्यक्ष खेमराज वली, उपाध्यक्ष दिपा विसी, परियोजना संचालन भएका वडाका वडा अध्यक्षहरुको उपस्थिती रहको थियो । कार्यक्रममा बोल्दै गुँरास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले परियोजनाले कुनै पनि वडा नछुट्ने गरि सबै वडाहरुलाई समावेश गरि कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।
उनले परियोजनाले गाउँपालिका भित्र गरेका कामहरु सराहनिय रहेको बताउदै कार्यक्रमहरुलाई अझ प्र्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । गाउँपालिका भित्र तिनवटै परियोजनाले लिएको उदेश्यलाई पुरा गर्नका लागि कर्मचारीहरुले विशेष ध्यान दिनु पर्ने बताए । उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनले संचालन गरेको मातृ शिशु स्वास्थ्य परियोजना र एभरेष्ट क्लब मार्फत संचालन भएको युवा सशक्तिकरण (बुलगारी)परियोजनाले यस बर्ष संचालन गर्ने गतिविधीहरुको बारेमा पनि जानकारी गराइएको थियो ।

बाल न्याय कार्यविधि सम्बन्धि अभिमूखीकरण

दैलेख-गुरासँ गाउँपालिकामा बाल न्याय सम्बन्धि अधिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सहजिकरण जिल्ला बाल न्याय समन्वय समितिका सदस्य एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिह थापाले सहजिकरण गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा बाल न्याय कार्यविधि सम्बन्धि जानकारी गराइएको जिल्ला बाल न्याय समन्वय समितिका सदस्य एंव सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिह थापाले बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय दैलेखी महिला विकास अधिकृत पवित्रा पुरीले गुँरास गाउँपालिका भित्र रहेका बाल बालिकाहरुको तथ्यांक संकलन गर्ने तयारी थालिएको जानकारी दिनुभएको छ । उनका अनुसार बालबालिकाको तथ्यांक संकलन जिल्लाका सबै स्थानीय तहहरुमा गरिने भएको छ ।

प्रतिक्रिया