आज ३६ औ मगर संघ स्थापना दिवस मनाइदै

आज ३६ औ मगर संघ स्थापना दिवस मनाइदै

दैलेखको नौमुलेमा साँस्कृतीक कार्यक्रम हुने


३६ औ मगर स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । दिवसको अबसरमा दैलेखको नौमुले बजारमा साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल मगर संघ जिल्ला समिति दैलेख तथा आदीवासी जनजाती सस्कृति संरक्षण समिति दैलेखको आयोजनामा स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
आदीवासी जनजाती समुदायको मौलिक सँस्कृती संरक्षण एवम विकास गर्ने मुख्य उद्येश्य सहित ३६ औ मगर संघ स्थापना दिवसको अवसरमा बृहत साँस्कृतीक कार्यक्रमको आयोजना गर्न लागीएको आयोजक नेपाल मगर संघ दैलेखले जनाएको छ । कार्यक्रममा ऐतिहासिक पहिचान झल्काउने मारुनी नाचँ, झ्याउरे गित, कौडा, ख्याली, झाक्री नाच तथा घम्साघम्सी दोहोरीका साथै आकर्षक नृत्यहरु समाबेश गरिने आयोजकले जनाएको छ ।
३६ औ मगर संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सफल बनाउनका लागी आज बिशीष्ट व्यक्तीत्वहरु, निर्वाचीत जनप्रतिनीधिहरु, राजनितीक दल, शिक्षक बिद्यार्थी, बुद्धीजवी, उद्योगी, व्यापारी एवं जिल्ला वासीहरुमा उपस्थितीका लागी आयोजक नेपाल मगर संघ जिल्ला समिती दैलेख तथा आदीवासी जनजाती सस्कृति संरक्षण समिती दैलेखले सबैमा अनुरोध समेत गरेको छ । मगर संघको स्थापना दिवसको अवसरमा देशभरका बिभीन्न स्थानमा पनि मगर संघको स्थापना दिवस मनाईदै छ ।
२०३९ साल फागुन १५ गते तनहु दमौलीमा प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । तत्कालिन लाङ्घाली परिवारको नाममा स्थापित मगर संघलाई २०४८ सालमा स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपांगी संघको अध्यक्ष हुँदा परिवर्तन गरी नेपाल मगर संघ नामाकरण गरिएको थियो ।
फागुन १५ मै ४५ औ चिन्डिके डुप्के तथा मगर अन्र्तराष्ट्रिय मंचको तेस्रो स्थापना दिवस समेत मनाईएको थियो । तेस्रो ठुलो जनसंख्यामा रहेका मगरहरुको २०६८ सालको जनगणना अनुसार १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या रहेको छ ।

प्रतिक्रिया