माओवादि केन्द्रको नगर स्तरिय भेला सम्पन्न

माओवादि केन्द्रको नगर स्तरिय भेला सम्पन्न

सल्यानको पश्चिमी क्षेत्रको सल्लीवजारमा बन्गाड कुपिण्डे नगर स्तरीय नेकपा माओवादि केन्द्रको नगर स्तरीय भेला सम्पन्न भएको छ । माओवादि केन्द्रका नेता सल्यान प्रतिनीधी सभा सांसद तथा पुर्व मन्त्री टेक वहादुर वस्नेतको प्रमुख आतिथ्यमा भेलाको आयोजना गरिएको थियो । पछिल्लो समयमा नेकपा एमालेसँगको पार्टि एकता तथा नेकपा माओवादि केन्द्रको आन्तरिक साँगठानीक विषयमा छलफल भएको जनाएको छ । सँगठनको गतिवीधी र स्थानीय निकायमा विकासका काम काज कसरी अघि वढिरहेका छन् भन्ने विषयमा व्यापक वहस भएको जनाएको छ । भेलामा जिल्ला सह इन्चार्ज प्रकाण्ड,जिल्ला संयोजक निम वहादुर के.सी,बन्गाड कुपिण्डे नगर इन्चार्ज धन वहादुर पुन मित्र, र सिर्जना वुढामगर लगाएतका जिल्ला स्तरीय नेताहरु मन्तव्य व्यक्त गरेका थिए । साथै दिपक यरीको संयोजकत्वमा ४९ सदस्ययी नगर आयोजक समिती गठन गरिएको छ ।

प्रतिक्रिया