नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

बन्गाड कुपिण्डेको नगरस्तरीय अतीरिक्त क्रियाकलाप आज देवस्थलमा सम्पन्न भएको छ । बन्गाड कुपिण्डेको नगर शिक्षाले आयोजना गरेको प्रतियोगितामा निबन्ध प्रतियोगितामा मावि तर्फबाट श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानका रमेश वि.क प्रथम भएका छन् ।

त्यसै गरि प्रावि तर्फको हिसाव दौडमा लङग्रिन वोर्डिङ्ग स्कुल सल्लीवजारका गोविन्द राना प्रथम र निमावि स्तरीय चित्रकलामा श्री कृष्ण वोर्डिङ्ग स्कुल देवस्थलका सविन पहाडी प्रथम भएका छन् । बन्गाड कुपिण्डे नगरका प्रावि,निमावि र मावि स्तरका विद्यालयहरुको उपस्थिती रहेको थियो । विद्यार्थीको प्रतिभालाई उजागर गर्न विद्यालय स्तरमा अतिरीक्त क्रियाकलापको निक्कै महत्व रहेको नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डेले वताउनु भएको छ । अव यस्ता कार्याक्रमलाई वढि निरन्तरता दिने समेत उहाँको भनाई रहेको छ । विजेता प्रतियोगि विद्यार्थी भाईवहिनीहरुलाई नगर शिक्षाले पुरस्कार समेत प्रदान गरेको छ ।

प्रतिक्रिया