प्रमोदको स्वरमा पुष्पल र सञ्चिताको रोमान्स

प्रमोदको स्वरमा पुष्पल र सञ्चिताको रोमान्स

गायक गायिका प्रमोद खरेल र सुष्मा लामा थिङको स्वर रहेको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। मुटुको व्यथा बोलको यो आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

राम सिटौलाले संगीत भरेको गीतमा शब्द गोविन्द गिरीको रहेको छ। यस आधुनिक गीतको म्युजिक भिडीयोमा नायक पुष्पल खड्का र मोडल सञ्चिता शाहीले अभिनय गरेका छन्। मोडल सञ्चिताले पुस्पल खड्कासँग काम गर्दा रमाइलो अनुभव भएको बताइन्। छोटो समयमै म्युजिक भिडियो मोडलिङमा चर्चा कमाउन सफल सुर्खेतकी उनले आफ्नो अभिनयका कारण धेरै दर्शकको मन जितिसकेकी छिन्। आफ्नो अभिनय दर्शकले मन पराएका कारण आफूलाई यो क्षेत्रमा अझ राम्रो काम गर्ने ऊर्जा मिलेको उनी बताउँछिन्।

शीतल सिर्जना डिजिटलले बजारमा ल्याएको यस भिडियोलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन्।

प्रतिक्रिया