चित्रकला प्रतियोगिता सम्पन्न

चित्रकला प्रतियोगिता सम्पन्न


‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । दिवसको पूर्वसन्ध्यामा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिता नारायण स्रोत केन्द्र दैलेखमा संचालन भएको थियो । माध्यामिक तहका छात्राहरका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयमा १५ जना छात्राहरु सहभागि भएको जानकारी दिइएको छ । प्रतियोगितामा फुलवारी विद्या मन्दिर दैलेखी छात्रा मिना पुन मगर प्रथम भएकी छिन् । यस्तै बसन्त माध्यामिक विद्यालय किमुगाउँकी छात्रा सुनिता रावल द्धितिय भएकी छिन् । यसैगरि त्रिभुवन माध्यामिक विद्यालयकी छात्रा सीमा थापा तृतिय भएकी छिन् भने सनराइन बोडिङ्ग स्कुलकी छात्रा लक्ष्मी शाही सान्तोना भएको बताइएको छ ।
कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोग, नारायण नगरपालिका दैलेखको समन्वय तथा महिला तथा बालबालिका कार्यालय दैलेखको आयोजनामा सम्पन्न गरिएको महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने छात्राहरुलाई विहिवार आयोजना गरिएको कार्यक्रममा पुरस्कार प्रदान गरिने पुरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया