आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

दिवसको अबसरमा बुधवार दैलेखमा आयोजित कुर्चीचाल प्रतियोगितामा सहभागि महिलाहरु ।

आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर दैलेखमा पनि विभन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । दिवसको अबसरमा हिजो अन्तर महिला कुर्चीचाल प्रतियोगिताको आयोजना गरिएको थियो । महिला तथा बालबालिका कार्यालय दैलेखको आयोजनामा उत्तः प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखहरु, कर्मचारी, विद्यार्थीहरुले भाग लिएका थिए भने छात्राहरुको लागि चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । दिवसको अबसरमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज दैलेख सदरमुकाममा र्याली सहित लोक गित प्रतियोगिताको आयोजना गरिएको छ भने दैलेखका ११ वटै स्थानीय तहहरुमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया