लोकदोहोरी गितबाटै पोषणबारे जनचेतना

लोकदोहोरी गितबाटै पोषणबारे जनचेतना


१०८ औ अन्तराष्ट्रिय महिला दिवस दैलेखमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने मुल नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमहरु गरि मनाइएको हो । दिवसको अबसरमा जिल्ला सदरमुकाम दैलेख बजार लगाएत दैलेखका ११ वटै स्थानीय तहहरुमा जनचेतनामुलक कार्यक्रमहरु गरि मनाइएको छ । दिवसको पुर्वसन्ध्यामा दैलेख सदरमुकाममा छात्राहरुको लागि चित्रकला प्रतियोगिता तथा महिला राजनितिज्ञ, महिला पत्रकार, राष्ट्रसेवक महिला कर्मचारी, गैससका कर्मचारी लगाएतको लागि कुर्चीचाल प्रतियोगिता आयोजना गरिएको थियो भने विहिवार पोषण सम्बन्धि खुला लोक दोहोरी प्रतियोगिताको आयोजना गरिएको छ ।
सुनौला हजार दिनका आमा र बच्चाहरुलाई लक्षित गर्दै आयोजित लोक दोहोरी प्रतियोगितामा महिलाहरुले गित मार्फत पोषण बारे चेतनामुलक संदेश दिएका छन् । कलाकारहरुले ‘सुनौला हजार दिन’ को महत्वबारे लोक दोहोरी गित मार्फत शिक्षा दिएका छन । प्रतिशपर्धी कलाकारहरुले ‘सुनौला हजार दिन’ बारे शिक्षा दिदै विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने खालका संदेशमुलक गितहरु गाएका छन् ।
महिला तथा सुनौला हजार दिनका आमाहरुको स्वास्थ्य सुधारका लागि पोषण युक्त खानेकुरा बनाउने बारे समेत सचेत गराइएको छ । त्यसैगरी, “हरेक बार, खाना चार” देखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा समेत गित मार्फत जानकारी गराइएको छ । गर्भवास्था र बच्चा दुई वर्ष नहुञ्जेल सम्मका आमालाई, गेडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दही जस्ता पोषकतत्व खान र परिवारलाई खुवाउने विषयमा पनि गित मार्फत जानकारी गराइएको छ । दैलेख सदरमुकामका आयोगित लोक गित प्रतियोगितामा फर्सीको खिर बनाएर कार्यक्रमका सहभागि र गर्भवती तथा सुत्केरी महिलाहरुलाई खुवाइएको छ ।
खुला लोकदोहोरी प्रतियोगितामा देउती स्थान महिला समूह प्रथम, त्रिभुवन माध्यामिक विद्यालयको समूह द्धितिय,प्रगतिशिल महिला समूह तृतिय र महिला जागरण समूह सान्तोना भएका छन् । कार्यक्रममा कुर्चीचाल प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा खुला लोक दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहहरुलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले संविधानमा महिलाहरुको सबै अधिकारहरु समेटिएकोले ति अधिकारहरु कार्यान्वयनमा जोड दिए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाहले ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि चुलौ र चौकोमा सिमित रहने भएकोले उनिहरुको चेतना स्तर विकास गर्नुपर्ने बताइन् । नारायण नगरपालिका दैलेखका कार्यवाहक प्रमुख सावित्री मल्लले महिलाका अधिकारहरुलाइइ कार्यान्वयन गर्नका लागि स्थानीय तहहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै दैलेखका सबै स्थानीय तहहरुले त्यस तर्र्फ ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, महिला अधिकारकर्मी, राजनितीक दल, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुले शुभकामना दिएका थिए । कार्यक्रम महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
महिला तथा बालबालिका कार्यालय दैलेख र नारायण नगरपालिकाको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समिति दैलेखले गरेको थियो । यस्तै सहआयोजकमा सामाजिक सेवा केन्द्र (सोेसेक) नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख, महिला सशक्तिकरण मञ्च, सेवक दैलेख,सेतो गुरास बाल विकास केन्द्र दैलेख,सेडा नेपाल दैलेख, नेपाल राष्ट्रिय दलित कल्याण संघ दैलेख, अन्तरपार्टी महिला संजाल, सेभ द चिल्ड्रन, सुआहारा–२, अक्सफाम नेपाल, आरभिडव्लु आरएमपी, हेल्भेटास, इन्सेक , लगाएतका गैरसरकारी कार्यालयहरु रहेका थिए ।

प्रतिक्रिया