एकै घरमा डोली र मलामी एकै दिन

एकै घरमा डोली र मलामी एकै दिन

सहबान अन्सारी (नवलपरासी)
नवलपरासीमा एकै दिन एक घरमा डोली र मलामी एउटै घरबाट एकै साथ निस्किएको छ ।बिहिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ श्रीरामपुर बस्ने गैसुदिन अन्सारीको छोरी वर्ष २० कि रूखसाना खातुनको विवाहका दिन पक्का भएको हुदाँ बिवाहको लागी पाल्हि नन्दन गाउँपालिका वडा नं. ३ कुश्मा बाट बिहिवार जयन्ती आएको थियो ।जयन्ती आउनै दिन सो घरमा करिब एक साल देखी सिकिस्त बिरामी परेका अन्सारीको बुवा अर्थात खातुनको बाजे ७५ वर्षीय अजमुल्लाह अन्सारीको बिहीबार नातनी खातुनको विवाहको दिन बाजे अन्सारीको आकास्मिक निधन भएको थियो । नातनी खातुनको डोली करिब ३ बजे निस्केको थियो भने बाजे अन्सारीको मलामी (जनाजा) चिहानका लागि करिब ४ बजे निस्के पछि पुरै गाऊँ शोकमा डुबेको छ ।

प्रतिक्रिया