बाल विवाह न्युनिकरण र छाउपडि प्रथा अन्त्यका लागि टोल सुधार समिति गठन

बाल विवाह न्युनिकरण र छाउपडि प्रथा अन्त्यका लागि टोल सुधार समिति गठन

दैलेख, फागुन २६ गते, गुराँस गाउँपालिका वडा नं. ३ पेटारीमा बालविवाह न्युनिकरण र छाउपडि प्रथा अन्त्यको लागि टोल समिति गठन गरिएकोछ । पुर्ण वहादुर शाहीको अध्यक्षतामा ७ सदस्य रहेका पेटारी टोल सुधार समिति गठन गरिएको हो । समितिको सचिवमा सीता विक, कोषाध्यक्ष वाल कुमारी शाही सदस्यमा मोतीसरा विक, मन वहादुर विक, कल्पना विक र पार्वति सिजाली रहेका छन् ।
कार्यक्रममा बालविवाह र छाउपडि प्रथाको वारेमा जनचेतना फैलाउने, १४ वर्ष मुनिका वालवालिकालाई मोवाईलको प्रयोगमा रोक लगाउने लगायतका निर्णय गरिएको टोल सुधार समितिका अध्यक्ष पुर्ण वहादुर शाहीले वताउनु भयो । उहाँले अगाडी थप्नु भयो, “अभिभावक र वालवालिकाले साथी वनि बालविवाह न्युनिकरण गर्नु पर्ने र वालवालिकाको मनोभावना वुझि सहि वाटोमा लगाउने वताउनु भयो ।”
वडा सदस्य रत्ना विकको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई वडा वाल संरक्षण समितिका सदस्य सचिव भिम कुमारी शाहीले संचालन तथा अभिमुखिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया