वडा बाल संरक्षण समिति गठन

वडा बाल संरक्षण समिति गठन

दैलेख, फागुन २६ गते, गुराँस गाउँपालिका वडा नं. २ मा बाल संरक्षण समिति गठन गरिएकोछ । वडा नं. २ का वडा अध्यक्ष रतन वहादुर रावलको संयोजकत्वमा ९ सदस्य रहेको बाल संरक्षण समिति गठन गरिएको हो । समितिका सदस्यमा भुपेन्द्र प्रसाद शर्मा प्र.अ. दुर्गा देवि आ.वि., गिता विक स्वयम् सेवक, मान कुमारी वुढा सामाजिक परिचालक महिला प्रतिनिधि, राज कुमारी शाही बालविकास स.का. भैरव वालविकास केन्द्र, यसोदा भण्डारी बाल क्लव प्रतिनिधी, मोतिकला नेपाली विपी आ.वि. दलित महिला प्रतिनिधी, सृर्जना राम्जाली भैरव आवि जनजाति प्रतिनिधी, कृष्णा मल्ल शाही सामाजिक परिचालक रहेका छन् ।
समितिको मासिक वैठक हरेक महिनाको ४ गते वस्ने निर्णय गरिएको समितिका संयोजक एवम् वडा अध्यक्ष रतन वहादुर रावलले वताए । वडामा जोखिममा रहेका वालवालिकाको पहिचान गर्ने र उनिहरुको सहयोगको योजना वनाउने कार्य समेत गरि कार्यान्वन गर्ने रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका सामाजिक परिचालक कमला मल्लले जानकारी दिनु भयो । वडामा वालविवाह न्युनिकरण गर्ने, छाउपडि प्रथाको अन्त्य गर्ने कार्य योजना रहेको समितिका सदस्य भुपेन्द्र प्रसाद शर्माले वताउनु भयो ।

प्रतिक्रिया