सल्लीवजार महिला समुह गठन

सल्लीवजार महिला समुह गठन

बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा आज सल्लीवजार महिला समुह गठन भएको छ । वजारमा दिन प्रतिदिन वढिरहेको व्यतीथी,विसँगती र महिला हिंसाका घटनालाई मध्यनजर गर्दै महिला समुह सञ्जाल गठन गरिएको वताएको छ ।

बन्गाड कुपिण्डे नगर उपमेयरको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा वजारमा महिला माथि हुने हिंसाको कुरालाई न्युनिकरण गर्न र महिला अधिकारलाई श सक्तीकरण गर्नका लागि समुहमा आवद्ध भएको वताएको छ । सल्लीवजारको प्रतिक्षालयमा भेला भएका सयौको संख्यामा उपस्थित महिलाहरुले गिता खड्काको अध्यक्षतामा ३१ सदस्यी सल्लीवजार महिला समुह गठन गरेका छन् । उपाध्यक्षमा डिल्ली कुमारी वुढा,सचिवमा निशा पाण्डे,स सचिवमा रुपा यरी,कोषध्यक्षमा दष्मी विष्ट र स कोषध्यक्षमा सरस्वती पुनलाई चयन गरेको छ । 

महिलाको उत्थानको लागि सल्लीवजार महिला समुह कानुनी रुपमा दर्ता गरि प्रत्येक महिनामा वैठक आयोजना गररे आर्थिक उपार्जन र जिवीको पार्जनका लागि वचतको समेत व्यवस्था गर्ने निर्णय भएको छ । सल्लीवजारमा फोहर व्यवस्थापन र खानेपानीको चरम संकटलाई समेत निवारणका लागि सम्बन्धीत निकायसँग पहल गर्ने समेत वताएको छ ।

प्रतिक्रिया