बालबालिकाहरुको पढाई प्रति रुचि जगाउन ‘पढाई शिविर’

बालबालिकाहरुको पढाई प्रति रुचि जगाउन ‘पढाई शिविर’

दुई दिने समीक्षात्मक बैठक सम्पन्न

 

दलित तथा सिमान्तकृत समुदायका बालवालिकाहरुको सिकाई उपलब्धि बृद्धि गर्नका लागि जिल्लाका विभिन्न विद्यालयहरुमा पढाई शिविर संचालन भएका छन । शैक्षिक स्तर न्यून भएका वालवालिकालाई पढाई शिविर मार्फत उनिहरुको सिकाई उपलब्धिमा बृद्धि गर्नका लागि उक्त पढाई शिविर संचालन गरिएको हो । बालबालिकाहरुको लागि मनोरञ्जनपूर्वक सुरक्षित स्थानमा पढाई विकास गर्न आफ्ना साथीहरुसँगै सिक्ने अवसर प्रदान गरिएको छ । पढाई केन्द्रमा बालबालिकाहरु विभिन्न क्रियाकलापहरुमा व्यस्त हुने गरेका छन् । पढाई केन्द्र पाँच वटा सिपमा आधारित पाठ्यक्रम अनुसार संचालन गर्ने गरिएको छ । बालबालिकाहरुलाई पढाई प्रति रुचि जगाउन र पठन सिपमा उपलब्धी हासिल गर्न सहयोग पु¥याएको छ । बालबालिकाहरुको पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धीमा सुधार प्रमुख उदेश्यका साथ पढाई शिविर संचालनमा ल्याइएको हो । यस्तै बालबालिकाहरुले बुझेर पढ्न तथा पढाई गति, शुद्ध उच्चारण, वान्की मिलाएर पढ्न सक्ने बानीको विकासमा सहयोग गर्ने, भाषाका चारवटा सीपहरु सुनाई, बोलाई, पढाई र लेखाई विकासमा सहयोग पुर्याउने जस्ता उदेश्यका साथ पढाई शिविर संचालन गरिएको हो । पढाई शिविरमा चारवटा आधारभुत सिद्धान्तहरु समावेश गरिएको छ । जसमा पढाई सिपमा केन्द्रीत गर्ने, पढाईलाई जीवनसँग जोडेर लिने, पढाईको वातावरणलाई सक्रिय तथा आनन्ददायक बनाउने,विद्यालय तथा समुदायस्तरमा पढाई विकास सम्वन्धी सामग्रीहरु निर्माण गरिन्छ । पढाई शिविरका विभिन्न सिपहरु सिकाउने गरिएको छ । जसमा अक्षर ज्ञान, स्वर सचेतना, शब्द ज्ञान, पढाई गति र पढाई बोध रहेका छन् । शिविरमा विभिन्न चरणहरु रहेका छन् । जसमा स्वतन्त्र खेल, गित गाउने, विषयवस्तुको बारेमा जानकारी, कथा भन्ने, क्रियाकलाप, सामग्री बनाउने र लैजाने, पुनरावलोकन रहेका छन् ।
पढाई शिविरमा माथिल्लो कक्षा र पढाई विकास शिविरमा पढ्नेहरु बिच पढ्ने साथी बनाउने, पढ्ने साथी बनाउदा सम्वन्धित गाउँ तथा टोलको हुनु पर्ने व्यवस्था गरिएको छ । पढाई शिविरमा पढ्ने बालबािलकाहरुले पढाई शिविरमा पुस्तक छानेर लिन्छन् र एक हप्ता पछि पुनः अर्को किताव छनौट गरि लिने गरेका छन् । पढ्ने साथीले पढाई शिविरमा पढ्ने साथीको गृहकार्य गर्न उसको घरमा तथा विद्यालयमा सिकाउने गर्छन् ।
प्रत्येक शनिवार सञ्चालन गरिने पढाई शिविरमा विपन्न समुदायका सिकाई उपलब्धि कम भएका वालवालिकालाई भाषा, गणित र अनुसन्धानमा आधारित भएर गित तथा खेलको माध्यबाट सिकाईने कार्यक्रम निर्देशक नवराज वि.सी.ले बताए । आगामी पठन शिविरहरु संचालनको लागि स्थानीय तह संग छलफल गरि परियोजना नरहे पनि स्थानीय तहको शिक्षा योजनामा समावेशको लागि पहल गरिने विसीले बताए । पठ्न शिविर विद्यालय भित्र अथवा वाहिर जहा पनि सञ्चालन गर्न सकिने उनको भनाई थियो । उनका अनुसार कक्षा २ लाई सञ्चालन गरिने शिविर आवश्यकता अनुसार १ र ३ मा पनि सञ्चालन गर्न सकिने छ । शिविरमा सहभागी वालवालिकाको मासिक मूल्याँकन गरिन्छ । महिना दिन सम्म सञ्चालित कक्षामा पनि राम्रो सिकाई बृद्धि हुन नसकेका वालवालिकालाई थप पहल गरिन्छ । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने शिविरमा हरेक दिन फरक फरक विषयवस्तुको बारेमा छलफल हुने विसीले बताए ।
वालवालिकाहरुको सिकाई उपलब्धिमा बृद्धि गर्नका लागि पढाई शिविरले सहयोग गरेको तालिमका सहभागी चामुण्डा मा.वि. हाडाकोटमा रहेको पढाई शिविरका सहजकर्ता रुद्र प्रसाद तिमिल्सेनाले बताए । उनले आगामी दिनमा यस्ता शिविरहरु संचालनका लागि चामुण्डाविन्द्रासैनी नगरपालिका संग छलफल गर्ने कुरा बताए । उनका अनुसार निरन्तर सिकाईका लागि पढाई शिविर आवश्यक छ उनले भने, राम्रो परिवारका वालवालिका त घरमा पनि पढ्छन् तर कमजोर परिवारका वालवालिका विद्यालयमा पनि नियमित हुदैनन्, त्यस्ता कमजोर वालवालिकाको लागि शिविर सहयोगी बनेको छ ।
पढाई शिविर सहजकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने र समिक्षा गर्ने उद्धेश्यले सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख साझेदारीमा संचालित सहयात्रा परियोजनाले दुई दिने समीक्षात्मक बैठक समेत सम्पन्न गरिएको छ । समिक्षामा सहभागिहरुले पढाई शिविर सञ्चालन गरिसकेपछि विद्यार्थीको सिकाई उपलब्धिमा अनिवार्य वृद्धि हुनुपर्ने थापाले जोड दिए । समिक्षा बैठकमा २० वटा पठन शिवीरका ३७ जना सहजकर्ताको उपस्थिति थियो । सहयात्रा परियोजना लागु भएको साविकको लालिकांडा, पिलाडी, सेरी, खड्कवाडा, पादुका, जम्बुकांध, चामुण्डा, बिशाला, सिंगौडी र राकम कर्णाली गाउँविकास समितिमा सन् २०१५ मा ४० वटा, २०१६ मा ३० वटा, २०१७ मा ३० वटा र २०१८ मा २० वटा संचालन गरिएको थियो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले अहिले वालविवाह, छाउपडी विरुद्धको अभियान संचालन गरेको हुनाले यो अभियानमा हामी सबै लाग्नु पर्ने संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । उनले भने तपाईहरु गाउमा काम गर्नु हुन्छ ,अहिले पनि ग्रामिण क्षेत्रमा वालविवाह, छाउपडी कायम नै रहेको छ, वालविवाहबाट हुने समस्या र कानुनी कार्वाहीको बारेमा जानकारी गराउदा न्यूनिकरण गर्न सकिन्छ । वालविवाह बाट हुने दिर्घकालिन असरको बारेमा धेरै जनालाई जानकारी छैन् थापाले भने “सबै भन्दा ठुलो समस्या त दलित समुदायमा देखिएको छ, दलित बच्चा जन्मिना वित्तिकै भत्ता पाउछन् , उमेर नपुगेको विवाहीत जोडीको विवाह दर्ता हुदैन, विवाह दर्ता नभए वच्चाको जन्म दर्ता गर्न मिल्दैन्, जन्म दर्ता नभए दलित वच्चाले भत्ता पाउदैनन्, त्यसकारण पनि वालविवाह रोक्न तपाई हामी सबैको जिम्मेवारी हो ।”

प्रतिक्रिया