दैलेखमा उपभोक्ता अधिकार दिवस मनाइयो

दैलेखमा उपभोक्ता अधिकार दिवस मनाइयो

जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकाको कार्यालय दैलेखको सयुक्त आयोजनामा बिहीबार सदरमुकाम दैलेख बजारमा उपभोक्ता अधिकार दिवस मनाइएको छ । ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ भन्ने मूल नारासहित उपभोक्ता दिवस मनाइएको हो । उपभोक्ता हकहित सम्बन्धी विभिन्न नाराहरु लेखिएको प्लेकार्ड र व्यानर सहित दैलेख सदरमुकामको स्थानीय गणेश चोकबाट दैलेख बजारमा प्रभातफेरी ¥याली गरिएको थियो । ¥याली संगै जिल्ला स्वास्थ्य कार्यालय परिषरमा सरसफाई समेत गरिएको छ ।
दिवसको अबसरमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, नारायण नगरपालिका दैलेखका निमित्त प्रमुख प्रशासकिय अधिकृत निरक बहादुर रावल, प्रहरी प्रमुख सरोज पौडेल , विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।
सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन सुरु गरिएको थियो । उपभोक्ता संरक्षण ऐन २०५४ मा उत्पादन घटाउने, माग र आपूर्ति एवं मूल्यमा प्रतिकूल प्रभाव पार्ने अपराध गरिएमा तीनवर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

प्रतिक्रिया