गाउँपालीका स्तरीय अनुगमन

गाउँपालीका स्तरीय अनुगमन

केड सुर्खेत र महिला सशकिक्तकरण मञ्च नेपाल दैलेखको साझेदारीतामा संचालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत डुगेश्वर गाउपालिका वार्ड नं २ लाँकुरीमा संचालित कार्यक्रमको गाउँपालिका स्तरिय सरोकारवालाहरु बाट अनुगमन गरिएको छ ।
अनुगमन टोलीले कार्यक्रम बाट लाभाम्वीत भएका किशोरी, दौतारी समुह, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति र अभिभावकसंग घर भेट समेत गरेको थियो । गाउँ कार्य पालीकाका कार्यवहाक अध्यक्ष बम बहादुर बिसी लगायतको टोलीले अनुगमन गरेको कार्यक्रम संयोजक दुर्गा खत्रीले जानकारी दिइन ।
अनुगमनका क्रममा लाँकुरी पुगेका डु¨ेश्वर गाउँपालीका कार्यवहाक अध्यक्ष बम बहादुर बिसीले स्थानीय स्तरमा यो कार्यक्रम प्रभावकारी भएको भन्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रम बिगत २ बर्षदेखी संचालनमा आए पश्चात किशोर किशोरीहरुमा जनचेतना फैलिएको र बाल बिवाह न्युनीकरणमा सहयोग पुगेको महिला सशक्तिकरण मच्च नेपालकी अध्यक्ष सुनिता चन्दले बताइन ।
कार्यक्रमले बाल बिवाह,पाठेघर खसेका महिला लाई आवश्यक सहयोग,बिद्यालयकाका छात्र छात्रा लाई छात्रबृति ,बाल क्लवका पदाधिकारीलाई बाल अधिकार बारे जानकारी लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमका नुमना जोडिले स्थानीय स्तरमा बिभिन्न खाले जनचेतना मुलक अभियान संचालन गर्दै आएका छन ।

प्रतिक्रिया