रुखबाट खसेर किशोरीको मृत्यु

          |   प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४     ::: 275 पटक पढिएको   |  

ज्वाला संदेश अनलाइन
दैलेख, चैत ३ – दैलेखमा तीदू खान रुख चढेकी एक किशोरीको ज्यान गएको छ । दुल्लू नगरपालिका–८, बडलम्जीकी १७ वर्षीय निर्मला आचार्यको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय बजेडी टोलमा रहेको आफ्नै घरको आगनमा तीदू टिप्न लाग्दा रुखबाट खसेर टाउको कडा चोट लागेका आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक राजीले जानकारी दिए । निर्मला आचार्य कृष्ण मावि चगत्राकी कक्षा १० की छात्रा हुन् । उनले आउँदो चैत ८ गतेदेखि सुरु हुने एसईईको परीक्षा दिने तयारी गरेकी थिइन् ।



Leave a comment

Your email address will not be published.


*