कुप्रथा न्यूनिकरण गर्न बक्तृत्वकला

कुप्रथा न्यूनिकरण गर्न बक्तृत्वकला


ज्वाला संदेश अनलाइन
दैलेख, चैत ३ – समाजमा रहेका कुप्रथा न्यूनिकरण गर्नका लागि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोग तथा गुरास गाउँपालिका वडा नं. ३ खुममा रहेका फुलबारी बाल क्लबको आयोजनामा बाल विवाह र छाउपडि न्यूनिकरण विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ९ जना सहभागि थिए । प्रतियोगितामा कल्पना वि.क. प्रथम, रिना वि.क. द्धितिय र गणेश वि.क. तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धतिय , तृतिय अन्य सान्तोना हुने सहभागिहरुलाई पुरस्कार प्रदान गरिएको छ । रमेश वि.क.को अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संचालन जिल्ला बाल संजालका अध्यक्ष यम बहादुर विक.ले गरेका थिए ।

प्रतिक्रिया