वार्षिक कृषि योजनाको प्रभावकारी कार्यान्वयन गर्न कर्मचारीलाई तालिम

वार्षिक कृषि योजनाको प्रभावकारी कार्यान्वयन गर्न कर्मचारीलाई तालिम

ज्वाला संदेश अनलाइन
दैलेख– प्रयास, हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपाल, क्लष्टर अफिस दैलेखको आयोजनामा ३ दिने गाउँ तथा नगरपालिकाको बार्षिक कृषि योजना, अनुगमन तथा मुल्यांकन अभिमुखिकरण तालिम हालै सम्पन्न भएको छ ।
गाउँ तथा नगरपालिकाको वार्षिक कृषि योजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो । संगै कृषि तथा पशु विकास शाखामा कार्यरत जनशक्तिको क्षमता विकास, कार्याक्रमलाई संघीयतासँगै स्थानीय सरकार मार्फत कार्यन्वयनको पद्धतिलाई संस्थागत गर्नु, कार्यक्रम कार्यान्वयनमा आइपरेका समस्या, चूनौती एवं अवसरको पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्नु र एक आपसमा सिकाइ आदनप्रदान गर्नु रहेको थियो ।
दुई चरणमा सञ्चालन गरिएको उक्त तालिममा, पहिलो चरणमा प्रयास, हेल्भेटास नेपालले सहकार्य गरेका अछाम जिल्लाका मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिका तथा दैलेख जिल्लाका आठविस नगरपालिकाका जम्मा २९ जना कृषि तथा पशु विकास क्षेत्रमा कार्यरत प्रा.स.÷ना.प्रा.स. हरुले भाग लिएका थिए भने, दोश्रो चरणमा जाजारकोट जिल्लाका नलगाड नगरपालिका र शिवालय गाउँपालिका तथा दैलेख जिल्लाका भगवतिमाई र डुङ्गेश्वर गाउँपालिकाका ३२ जना अधिकृत, प्रा.स.÷ना.प्रा.स.हरुले भाग लिएका थिए ।
सुर्खेत स्थित डि–नमस्ते होटलमा सञ्चालित उक्त तालिमको सहजकर्ताहरुमा प्रयास, हेल्भेटास नेपाल कार्यक्रम सहयोग इकाईका श्री शिवकुमार श्रेष्ठ र श्री बिष्णुकुमार विश्वकर्मा तथा क्लष्टर अफिस दैलेखका क्लष्टर कोर्डिनेटर श्री पद्मकिरण राना हुनुहुन्थ्यो ।
तालिमको अन्त्यमा सहभागिहरुले तालिम निकै उपलब्धीमुलक रहेको, तालिमले आफु कार्यरत गाउँ तथा नगरपालिकामा कति जनशक्ति रहेको छ भन्ने ज्ञात भएको, कार्य गर्दा आएका समस्या तथा चुनौतिहरुको बिषयमा जानकारी भएको र सो समस्या र चुनौतिलाई कसरी सामाना गर्ने उपायहरुको बारेमा स्पष्ट भएको बताए । हाल सम्मको सबै पालिकाहरुको न्यून कार्य प्रगति हुनुको कारणहरुमा कार्यन्वयनको दौरानमा कर्मचारी र जनप्रतिनिधीहरुमा रहेको अन्यौलता भएको बताए । यो अन्यौलता तोड्न यो तालिम सहायक सिद्ध भएको सहभागीहरुले बताए । समापन समारोहको अन्त्यमा सहभागी, सहजकर्ता तथा तालिमलाई सफल पार्न संलग्न सबैलाई क्लष्टर कोर्डिनेटरले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया