आर्थिक अभावमा विद्यालय जानबाट वञ्चित

आर्थिक अभावमा विद्यालय जानबाट वञ्चित


टेकराज केसी
दैलेख– गुराँस गाउँपालिका ४ टुडीखेलका दुई बालिका रकम अभावका कारण विद्यालय जान वञ्चित भएका छन् । ८ कक्षामा अध्ययनरत १३ बर्षीया बसन्ती हिरोजक र उनकी बहिनी १० बर्षिया ५ कक्षामा अध्ययनरत सुस्मिता हिरोजक आर्थिक अभावकै कारण विद्यालय जानबाट वञ्चित भएका हुन् ।
घर परिवारको स्थिति दयनिय अवस्था भएका कारण उनिहरु विद्यालय जान नसकेको ८ कक्षामा अध्ययनरत १३ बर्षीया बसन्ती हिरोजकले बताइन् । दुई बहिनीले कापी कलम किन्ने पैसा नपाएका कारण विद्यालय जान छोडेको बसन्तीको भनाई छ । विद्यालय जान मन त छ, उनले दुःखी हुँदे भनिन् “आर्थिक समस्याले विद्यालय जान सकेका छैनौ ।”
आफुसँग लगाउने कपडा नभएका कारण विद्यालय जान छोडेको शुस्मीता हिरोजकले बताइन् । उनीहरुले आफुहरुसँगका साथीहरु विद्यालय गएको देख्दा मनमा चिन्ता बढ्ने बताइन् । वसन्ती र सुस्मीताकी आमाले आफुले छोरीहरुलाई पढाएर ठुलो व्यक्ती बनाउन चाहेको भन्दै आर्थिक अभावका कारण पढाउन छुटाउनु परेकोमा दुख व्यक्त गरीन् । उनका श्रीमानले पनि रकम अभाव र शिक्षकहरुको दिनहुको किचकिचका कारण आफुले छोरीहरुलाई विद्यालय जान छुटाएको बताए ।
संविधानले प्रत्येक नागरिकहरुलाई शिक्षा लिन पाउनेगरी संविधानमा मौलिक हकको व्यवस्था गरेपनि उनिहरु विद्यालय जानबाट वञ्चित भएका हुन् । उनको घरपरिवारमा बिहान साँझको छाक टार्न पनि समस्या रहेको छ ।
यता, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आफुले गाउँपालिकाको तर्फबाट बालिकाहरुको अध्ययनमा सहयोग गर्ने वचन दिएका छन् । उनले शिक्षा लिन पाउने सबैको अधिकार भएको भन्दै त्यस्तो अधिकार प्रत्यभुतीका लागि आफुले पहल गर्ने बताएका हुन् ।
उनले उक्त घरपरिवारलाई कुनै व्यवसायिक काम गर्न सुझाव दिदै व्यवसाय संचालन गर्न लाग्ने खर्चमा गाउँपालिकाले केहि रकम अनुदान दिने प्रतिवद्धता जनाएका छन् ।
हिरोजक वस्ती दलित वस्ती हो त्यो वस्तीमा पानीको पनि उत्तीकै समस्या रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया