बेवारिसे शिशु भेटिएपछि अामा–बुवा खाेज्दै प्रहरी

बेवारिसे शिशु भेटिएपछि अामा–बुवा खाेज्दै प्रहरी

सांकेतिक तस्बिर

सुर्खेत, ६, चैत– कर्णााली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार वीरेन्द्रनगरको वडा नं. ६ मा उक्त शिशु फेला परेका हुन ।  हटियालाइनस्थित धनबहादुर रावतको निर्माणधिन भवनमा मंगलबार विहान शिशु फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।शिशु फेला परेपछि खोज तलासमा जुटेको प्रहरीले उक्त नवजात शिशु चैत ४ गते जन्मेको र नवजात शिशुका बुवा भैरवस्थान निवासी खगेन्द्र आचार्य र आमा अमृता शर्मा भनेर क्षेत्रीय अस्पतालमा नाम उल्लेख गरिएको फेला पारेको छ । सोही अनुरुप प्रहरीले खोज्दै जाँदा भैरवस्थानमा उक्त नाम गरेको मान्छे नै नपाइएको श्रेष्ठको भनाइ छ ।प्रहरीका अनुसार नवजात शिशु अहिले क्षेत्रीय अस्पतालमा सुरक्षित राखिएको छ भने शिशुका बुवा आमालाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया