दलित जनप्रतिनिधिहरुको मञ्च गठन

दलित जनप्रतिनिधिहरुको मञ्च गठन

दैलेख, चैत ७ – दलित समुदायको प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले संगठित रुपमा समस्याको समाधान सुल्झाउन दलित जनप्रतिनिधि मञ्च गठन गरेका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका कार्यपालिका सदस्य दिनेशबहादुर बिकको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतीमा गठन गरेको हो । मञ्चको सदस्य सचिवमा डुंगेश्वर गाउँपालिकाकी कार्यपालिका सदस्य दुर्गा बिकलाई जिम्मेवारी दिइएको छ । मञ्चको सदस्यहरुमा भगवतीमाई गाउँपालिकाका पवित्रा वादी, डम्वर तिरुवा, आठबीस नगरपालिकाका गम्भीर बिक, ठाँटीकाँध गाउँपालिकाका पदम बिक, भैरबी सीता बिक, दुल्लू नगरपालिका डिलबहादुर सुनार, गुराँस गाउँपालिकाकी ललिता बिक, नौमूले गाउँपालिकाकी भविसरा बिक, महाबु गाउँपालिका हरिमाया दमाई, नारायण नगरपालिका मनकुमारी सुनार र हर्कबहादुर नेपाली छानिनुभएको छ । नेपालमै पहिलो पटक दैलेखमा गठन भएको दलित जनप्रतिनिधि मञ्चको सल्लाहकारमा जिल्ला समन्वय समितिका सदस्य चन्द्रा नेपाली, आठबीस नगरपालिका वडा नं. १ का वडाध्यक्ष पर्वसिंह बिक र ठाँटीकाँध गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रुपलाल बिश्वकर्मालाई राखिएको छ । शिल्पी समाजको आयोजनामा भएको दलित जनप्रतिनिधिको २ दिने सुशासन प्रवद्र्धन तथा नेतृत्व विकास तालिमको समापन अवसरमा यो मञ्च गठन भएको हो । प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्के, प्रशिक्षक गंगाराम दाहाल लगायतका सहजकर्ताहरुले सो तालिमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया