दैलेखमा साढे ५ हजारले एसइई परीक्षा दिदै

दैलेखमा साढे ५ हजारले एसइई परीक्षा दिदै

चैत्र ७, दैलेख- बिहिवार बाट संचालन भएकाे एसइई परीक्षामा दैलेखमा साढे ५ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन । नियमित तर्फ ५ हजार २ सय र इक्झाम्टेड तर्फ ७ सय ८९ जनाले परिक्षा दिने जिल्ला शिक्षा कार्यालय दैलेखले जानकारी दिए परीक्षा केन्द्र र इक्झाम्टेड तर्फ ३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय दैलेखले जानकारी दिएको छ
गत वर्ष कक्षा ९ र १० को पाठ्यक्रममा परिवर्तन भएका कारण दैलेख जिल्ला भरीका इक्झाम्टेड परिक्षा दिने सबै परीक्षार्थीको परिक्षा केन्द्र दैलेख सदरमुकामा कायम गरिएको छ ।

परीक्षा केन्द्र दैलेख सदरमुकाम राखे पछि दुर्गम गाँउ बाट परिक्षा दिन परिक्षार्थी दैलेख सदरमुकाम चहलपहल बढेको छ । जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद अधिकारीले परिक्षमा अर्मादित गर्ने र सट्टामा परिक्षा दिएको पाइएमा शिक्षा ऐन र नियमावली बमोजीम ६ महिना कैद र १ लाख जरिवना बमोजिम कार्वाही हुने बताए ।

प्रतिक्रिया