निगरानी समूहलाई वडा कार्यालयले सघाउने

निगरानी समूहलाई वडा कार्यालयले सघाउने

दैलेख चैत्र ८ –अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको इएलपी कार्यक्रम अन्तरगत डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ मा गठित मानवअधिकार निगरानी समूहलाई वडा कार्यालयले सघाउने भएको छ ।
मानवअधिकार निगरानी समूहको विहीवार बसेको बैठकमा डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बमबहादुर बीसीले महिला अधिकार सम्वन्धी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम सम्वन्धी काम गर्न निगरानी समूहलाई सघाउने बताएका हुन् ।


महिला अधिकार प्रवद्र्धनमा सक्रिय निगरानी समूहले सचेतना कार्यक्रम समुदाय स्तरसम्म प्रभावकारी रुपमा लिन सक्ने बिश्वासका साथ वडा कार्यालयको महिला लक्षित साझेदारी गर्न इच्छुक रहेको अध्यक्ष बीसीले प्रष्ट पारे ।
मानवअधिकार निगरानी समूहका संयोजक नन्दा भण्डारीको अध्यक्षतामा भएको बैठकमा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापाले इएलपी कार्यक्रमले समुदायमा गर्ने कार्यक्रमहरु र बजेट बारे जानकारी गराएका थिए ।
बैठकले चैत १८ गते देवीस्थान आधारभूत विद्यालय डुङ्गेश्वरमा गरिने विद्यार्थी तथा विद्यालय सवाल कार्यक्रममा अभिभावहरुको व्यापक सहभागिता जुटाउन निगरानी समूहका पदाधिकारीहरुले सहयोग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया