श्रीमतिको गुप्ताङ्गमा पाइपले घोचेपछि….

श्रीमतिको गुप्ताङ्गमा पाइपले घोचेपछि….

दैलेख चैत्र १०
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँमा आफ्नै श्रीमतिको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाउने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । मदिराको उन्मादमा शुक्रवार दिउँसो घरमा कोही नभएको मौकामा आफैले विवाद सुरु गरी पहिले टाउको र ढाडमा हाने लगतै बेहोश भएको बेला आगो फुक्न प्रयोगमा आइरहेको प्लाष्टिक पाइपको ढुंग्रो श्रीमतिको गुप्ताङ्गमा कोचेको आरोपमा प्रहरीले हिरासतमा राखेको हो ।
व्यापारको सिलसिलामा अहिले भैरबी गाउँपालिका–४ गडाजिउला बस्तै आएका ४० वर्षीय सूर्यबहादुर रावतले ३६ वर्षीया श्रीमति डम्बरकुमारी रावतलाई गडाजिउलामा त्यस्तो यातना र दुव्र्यवहार गरेको कारण कारवाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।
स्थानीय शिक्षिका ललिता थापाको पहलमा पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी शुक्रवार राति नै दैलेख जिल्ला अस्पताल पु¥याइएको छ । उपचारमा संलग्न स्त्रीरोग बिशेषज्ञ डा. निरन्जन पन्तका अनुसार योनीको बाहिरी सतहदेखि करिव ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ ।


प्रारम्भिक उपचारपछि रगत बग्न रोकिएको र दुखाई पनि धेरै कम भइसकेको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्न–बस्न सक्नुभएको छैन । माइतीमा कोही नभएकोले अस्पतालमा आफैले किन्नै पर्ने २–४ सयको औषधि पनि डम्बरकुमारीले किन्न सक्नुभएको छैन । उहाँको स्याहार सुसार पनि अस्पतालकै कर्मचारी गरिहेका छन् ।

प्रतिक्रिया