कोहलपुरमा १० वर्षिया बालिका बलात्कृत

कोहलपुरमा १० वर्षिया बालिका बलात्कृत

     प्रकाशित
१३ चैत, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा १० वर्षिया बालिका बलात्कृत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । गत शनिबार राती ८ बजेको समयमा कोहलपुर वडा नं. ११ स्थित दशबिगाह नजिकैको एक खाजा घरबाट बालिकालाई उठाई हवल्दारपुरस्थित मनकामना ग्याँस उद्योग नजिकैको खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नवराज पोख्रेलले सो घटनामा संलग्न भएको आरोपमा कोहलपुर–१२ कै ३० वर्षिय थमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जानकारी दिए ।
प्रहरी निरिक्षक पोख्रेलका अनुसार अभियुक्त बुढाथोकीले घुम्न जाउ भन्दै बालिकालाई ललाई–फकाई आफ्नो स्कुटीमा राखेर सो ठाँउ पुर्याई बालिकालाई बलात्कार गरेको र बलात्कार पछि बुढाथोकीले रातिको १ बजे बालिकालाई घरमै ल्याएर छाडेको परिवारिक स्रोतलाई उदृत गर्दै बताए ।
सुरुमा बालिकाले आफुलाई केहि नभएको र आफु साथीको घरमा गएको बताएपनि बालिकाको आमाले छोरी बलात्कृत भएको आशंका गरि सोधपुछ गरेपछि घटनाको रहश्य खुलेको थियो । छोरी बलात्कृत भएको थाहा पाएपछि परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए ।
बुढाथोकीले कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दिएका कारण बालिकाले सुरुमा घटनाबारे जानकारी दिन डराएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकालाई उपचारमा पठाउनुको साथै पीडकलाई नियन्त्रणमा लिएर अनुसंधान अघिबढाएको जनाएको छ ।
यसैबीच सुरुमा प्रहरीले मुद्धा चलाउन आनाकानी गरेको भन्दै कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जुकुमारी चौधरी लगायतका महिला अधिकारकर्मीहरुले दोषीलाई मुद्धा चलाउन दवाव दिएपछि बलात्कारी बुढाथोकीलाई अपहरण तथा जर्बरजस्तीकरणी मुद्दा चलाईएको दाबी गरिएको छ ।

प्रतिक्रिया