एसईई दिन गएकी छात्रा विभत्स अवस्थामा मृत भेटिइन्

एसईई दिन गएकी छात्रा विभत्स अवस्थामा मृत भेटिइन्

रहस्यमय अवस्थामा मृत भेटिएकी गाैरीकला । तस्वीर, तारा पाैडेलको फेसबुकबाट ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् ।पञ्चपुरी नगरपालिका-३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो ।उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक उमाान्त चतुर्वेदीले घटनाको प्रकृति हेर्दा हत्या गरेको हस्तो देखिएपनि केही नखुलेको बताए ।

प्रतिक्रिया