बालमैत्री वडाका गतिविधीबारे बुझ्दै रुकुममा जनप्रतिनीधि

बालमैत्री वडाका गतिविधीबारे बुझ्दै रुकुममा जनप्रतिनीधि

दैलेख -स्थानीय तह पुर्नसंरचना पश्चात नेपालकै दास्रो बाल मैत्री वडा घोषित दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीमा चौरजहारी नगरपालिका रुकुम र सानिभेरी गाउँपालिका रुकुमका निर्वाचित जनप्रतिनीधि बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरु तथा रुकुमेली समाज विकास केन्द्रका पदाधिकारी र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित एकिकृत परियोजनाका कर्मचारीहरुले स्थलगत भम्रण गरेका छन् । स्थलगत भ्रमणमा चौरजहारी नगरपालिका रुकुमका उप–प्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली निर्वाचित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका अभियान्ताहरु दैलेखको आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीमा आइपुगेका हुन् । उनिहरुले बाल मैत्री वडा घोषणा गर्नका लागि आवश्यक पर्ने भौतिक संरचना, नितीगत संरचना लगाएतका विषयमा आठवीस नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत संग छलफल समेत गरेका छन् । छलफलमा आठवीस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले आठवीस नगरपालिकाको वडा नं. ४ लाई बाल मैत्री स्थानीय तह घोषणा गर्नका लागि चलाएका अभियानहरुबारे जानकारी गराएका थिए । आफुहरुले थुप्रै गतिविधिहरु संचालन पछि मात्र राकमकर्णालीलाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताउदै सानो प्रयासले बाल मैत्री वडा घोषणा गर्न नसकिने बताए ।


कार्यक्रममा आठवीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय, उपप्रमुख दिपा बोहोरा, आठवीस नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, चौरजहारी नगरपालिका रुकुमका उप–प्रमुख राधा रोका र सानिभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुन, उपाध्यक्ष इन्दिरा वली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली निर्वाचित सदस्यहरु, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका दैलेख र पश्चिम रुकुममा अभियान्ताहरु, महिला विकास अधिकृत पवित्रा पुरी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा लगाएतको सहभागिता रहेको थियो । भ्रमण टोलीले आठवीस नगरपालिकाको वडा नंं ४ राकमकर्णालीमा भएका राम्रा कुराहरुलाई रुकुमपश्चिमका स्थानीय तहलाई बाल मैत्री घोषणा गर्नका लागि सघाउ पुग्ने बताएका छन् ।

प्रतिक्रिया