गाउँपालिका स्तरिय नागरिक समाज गठन

गाउँपालिका स्तरिय नागरिक समाज गठन

दैलेख, १६ चैत – दैलेख गुराँस गाउँपालिका स्तरिय नागरिक समाज गठन गरिएको छ । धनसिंह खड्काको संयोजकत्वमा ७ सदस्य रहनेगरी नागरिक समाज गठन गरिएको हो ।
जसको सदस्यमा सुमित्रा सारु, बाबुराम आचार्य, कौसिला गुरुङ्ग, टेकराज केसी, टोप बहादुर ओली र श्याम बहादुर बोहोरा रहेका छन् ।
नवगठित नागरिक समाजले गाउँपालिका क्षेत्रभित्रका बालबालिकाको अधिकारको संरक्षणका साथै पिछडिएका वर्ग, महिला, दलित जनजातीलाई हरेक क्षेत्रमा अगाडी ल्याउन पहल गर्नेछ ।
नागरिक समाजले विगतदेखि नै समाज रुपान्तरण तथा सु–शासनका लागि मध्यस्थता गर्दै आएको छ ।त्यही अनुरुप गुराँस गाउँपालिकामा गठन भएको नागरिक समाजले बाल तथा महिला शोषण, यौन हिंसा, लैङ्गिक हिंसा रोक्न विभिन्न खबरदारीसँगै पैरवीको काम गर्नेछ । अहिले देश संघिय मोडेलमा गएसँगै स्थानिय तहअनुसार नागरिक समाजले सु–शासन ल्याउन पहलकदमीका रुपमा काम गर्ने बताइएको छ ।
जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार खोज्ने तर कर्तव्य भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गरेको छ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्वपुर्ण कार्य मानिदै आएको छ ।

प्रतिक्रिया