वडा सदस्यले नै गरे बलात्कार

वडा सदस्यले नै गरे बलात्कार

 पाँचथर –जिल्लाकोफालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई बलात्कार गरेको सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई बलात्कार गरी गर्भवती बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले बलात्कार गरि बालिकालाई गर्भवती बनाएको घटना सेलाउन नपाउँदै वडा सदस्यबाटै बलात्कार भएको अर्को घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया