बाल विवाह, घरेलु हिंसा, छाउपडि र बेचविखन – सबैको साझा समस्या

बाल विवाह, घरेलु हिंसा, छाउपडि र बेचविखन – सबैको साझा समस्या

दैलेख चैत्र २१ –दैलेखमा अहिले पनि बाल विवाह हुने क्रम रोकिएको छैन । दैलेख सदरमुकाममा बुधवार जोखिममा परेका बालबालिकाको विषयमा बाल हेल्पलाइन, बाल विवाह, महिला र बालबालिका बेचविखन तथा ओसारपसार, छाउपडि र घरेलु हिंसा विषयक अन्तक्र्रिया कार्यक्रममा जिल्लामा अझै बाल विवाह हुने क्रम नरोकिएको बताइएको हो । २०७३ देखि महिला तथा बालबालिका कार्यालय दैलेख, केन्द्रिय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति, तत्कालिन जिविस, जिल्ला प्रहरी कार्यालय दैलेख एइआएन लक्जेम्वर्ग, टिडिएच जर्मनीको आर्थीक तथा प्राविधिक सहयोग सेभ द चिल्ड्रेन र दैलेख जिल्लाका समाजसेवीहरुको समन्वयमा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्रद्धारा आयोजित उक्त कार्यक्रममा यस्तो जानकारी गराइएको हो । यसै आर्थीक बर्षको हाल सम्म महिला तथा बालबालिका केन्द्र र बाल हेल्पलाइन र जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा १ सय ८९ वटा बाल विवाहहरु बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो । महिला तथा बालबालिका केन्द्र र बाल हेल्पलाइनमा आएका बाल विवाहका घटना बाहेक जिल्लाका बाल क्लब, महिला संजाल लगाएतको सहयोगमा हाल सम्म ७ सय १ वटा वालविवाह रोकिएका सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष मञ्जु खड्काले जानकारी दिनुभयो । जिल्लामा बाल विवाहको दर बढ्दै गएको भएपनि जिल्लामा संचालित बाल हेल्पलाइन दश नौ आठको सक्रियता बढेको छ ।


जिल्लामा संचालनमा आएका महिला तथा बालबालिका केन्द्रबाट दैलेख लगाएत छिमेकी जिल्लाका ३ सय ७५ जना बालबालिकाहरु तथा ७९ जना महिलाहरुले सेवा प्राप्त गरेको कार्यक्रममा जानकारी गराइएको छ । केन्द्रले मनोविमर्श, परामर्श सेवा, वकालत, पहल र पैरवी, निशुल्क कानुनी सेवा, आपत्तकालिन गृह, बाल हेल्पलाइन १०९८ सेवा प्रदान गर्दै आएको छ । यस आर्थीक बर्षमा बाल हेल्पलाइन १०९८ मार्फत विभिन्न समस्यामा परेमा महिला तथा बालबालिकाहरुले सेवा लिएको कार्यक्रममा जानकारी गराइएको छ । जसमा नारायण नगरपालिकाका ३७ जना, दुल्लु नगरपालिकाका ४६ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १२ जना, आठवीस नगरपालिकाका २१ जना महिला तथा बालबालिकाहरुको समस्या समाधान गरिएको छ । यस्तै महावु गाउँपालिकाका ३९, नौमूलेका १७, डुङ्गेश्वरका ९, भैरवीका ८, भगवतिमाईका ८, ठाँटीकाँधका ५, गुराँसका १ सय २८ जना महिला तथा बालबालिकाहरुलाई सेवा प्राप्त गरेका छन् । यसैगरि छिमेकी जिल्ला अछामका ७ जना, सुर्खेतका ९, बर्दियाका २, रुपन्देहीका १ जना, कालिकोेट ३, मुगु २ र जाजरकोटका १ जना महिला तथा बालबालिकाहरुले सेवा पाएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महिला तथा बालबालिका केन्द्रबाट दैलेख जिल्लाका ११ वटै स्थानीय तह र छिमेकी जिल्लाका ७९ जना महिला तथा बालबालिकाहरुले मनोविमर्श परामर्श सेवा पाएका छन् । यसै आर्थीक बर्षमा १ सय २६ जना बालक, २ सय ३१ जना बालिका गरि ३ सय ५७ जना बालबालिकाहरुलाई बाल मनोविमर्श परामर्श सेवा प्रदान गरिएको बाल हेल्पलाइन संयोजक श्रेष्ठले जानकारी दिइन् । यस्तै ७९ जना महिलाहरुलाई मनोविमर्श परामर्श सेवा प्राप्त गरेका छन् भने ८४ जनालाई छलफल गरि पारिवारिक पुर्नमिलन गराइएको श्रेष्ठले बताइन् । जिल्लामा संचालनमा आएका महिला तथा बालबालिका केन्द्र अन्तरगत आपत्तकालिन गृहमा ८३ जना महिला तथा बालबालिकाहरुलाई आपत्तकालिन गृहमा राखि सेवा सुविधा प्रदान गरिएको छ । बाल हेल्पलाइनमा विशेष गरि बालविवाह, अलपत्रअवस्थामा फेला परेको, अपाङ्ग, हराएका, घरबाट भागेर आएका, मानसिक तनाब झेलेका, कुपोषित भएका, अलपत्र फेला परेको व्यवारिसे अवस्थामा फेला परेका, बालश्रर्मीक बसेका, ज्यान केस अनुसन्धानमाल्याईएका जस्ता बाल बालिकाहरुका समस्या आउने गरेको छ । यस्तै विभिन्न आरोपमा आमाको साथमा आएको, परिवारले व्यवास्ता गरेका, गाली व्यइजतमा परेका, घर निकालामा परेका, कुटपिटमा परेका, यौन र्दुव्यवहार, चोरीको आरोपमा, निशुल्क औषधि उपचार सेवा र जवरजस्ती करण्ी उद्योग जस्ता बालबालिकाका समस्याहरु आउने गरेको बताइएको छ । कार्यक्रममा जिल्लामा बाल विवाहको समस्या बढ्दै जाँदा समूदायमा थप समस्या उत्पन्न भएको तथा आपत्तकालिन गृह संचालनका लागि खर्च व्यवस्थापनमा समस्या भएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले   बताइन् ।
कार्यक्रममा बोल्ने सहभागिहरुले बाल विवाह, महिला हिंसा लगाएतका समस्या जिल्लाका सबै सरोकारवाला निकायहरुको साझा समस्या भएको बताउदै त्यसका लागि सबै एक जुट भएर लाग्न सुझाव दिएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष मञ्जु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया