हराएको छोरासंग कुरागर्दा हर्षित

हराएको छोरासंग कुरागर्दा हर्षित

दैलेख, चैत २५ –राएको २ वर्ष भइसक्दा पनि नभेटिएको १५ वर्षीय छोरासंग टेलिफोनमा कुरा गर्न पाएकोमा दैलेखको गुराँस गाउँपालिका–२ खड्कवाडाकी शर्मिला नेपालीे हर्षित भएकी छिन् ।
उनको १५ वर्षीय छोरा विवेक नेपाली भारतको अहमदावादमा रहेको कुरा इन्सेक प्रतिनिधि पत्रकार अमर सुनारले उपलब्ध गराएको सम्पर्क नम्वरमा छोरासंग कुरा गरेपछि शर्मिलाले पत्रकार सुनारलाई धन्यवाद दिएकी छिन् ।  सिराहाका राजीव चौरासियाले फेसबुकमा दैलेखबाट अहमदावाद पुगेर अलपत्र परेका भनी पोष्ट गरेको पारिवारिक विवरण, ठेगाना र फोटोको आधारमा थप खोजबिन गरी पत्रकार सुनारले बालक र आमावीच कुराकानी गराइदिएका हुन् ।

२०७२ मंसिरमा मजदूरी गर्न भारत जाने छिमेकीसंग घरबाट भागेर गएका तर गन्तव्यमा नपुग्दै हराएका कारण अहिलेसम्म परिवारको सम्पर्कमा पुगेका थिएनन् । सबै सूचना संकलन गरी सुनारले पारिवारिक सम्पर्क जुटाइदिएपछि चैत २५ गते शर्मिला र विवेकवीच कुराकानी भएको हो ।
विवेकलाई अहमदावादमा संरक्षण गरी राखी दिएका त्यहाँका व्पापारी रसिद अहमदसंग आफू नआउदासम्म राखी दिन भनी सकेको र छिट्टै लिन जाने योजना बनाएको शर्मिलाले बताइन् ।

प्रतिक्रिया