कक्षा ५ र ८ को नतिजा प्रकाशन,३ प्राविको नतिजा रोक्का

कक्षा ५ र ८ को नतिजा प्रकाशन,३ प्राविको नतिजा रोक्का

बन्गाड कुपिण्डे नगर शिक्षा शाखाले कक्षा ५ र ८ को नतिजा प्रकाशन गरेको छ । बन्गाड कुपिण्डे नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डेले दिएको जानकारी अनुसार यस नगरमा ५४ सामुदायिक ३ संस्थागत गरि कक्षा ५ को ५७ वटा विद्यालय र कक्षा ८ को १९ सामुदायिक र २ संस्थागत गरि २१ वटा विद्यालयको नतिजा प्रकासन गरेको छ ।

कक्षा ५ मा सहभागि ९४५ मध्ये ८ सय २७ विद्यार्थी कक्षोन्नती हुन योग्य भएका छन् । त्यसै गरि कक्षा ८ तर्फको परिक्षा सहभागि ७ सय ६१ मध्ये जिपिए ३.६ भन्दा वढि ल्याउने ३१ जना, जिपिए ३.२ देखि ३.५९ ल्याउने ३४ जना, जिपिए २.८ देखि ३.१९ ल्याउने ८३ जना, जिपिए २.४ देखि २.७९ ल्याउने ३३४ जना, जिपिए २.० देखि २.३९ ल्याउने २४८ जना, जिपिए १.६ देखि १.९९ ल्याउने २७ जना रहेको वताएको छ । अनिवार्य विषयहरुमा डि प्लस भन्दा तलको जिपिए भएका विद्यार्थीहरुको लागि यहि बैशाख ९ गते देखि ग्रेड वृद्धि परिक्षाको समेत व्यवस्था रहेको जनाएको छ । त्यसै गरि नगर शिक्षाको निर्देशनलाई ठाडोरुपमा अटेरी गरी समयमा नतिजा नवुझाउने विद्यालयको नतिजा रोक्का गरिएको छ । लक्ष्मी प्रावि मैदुपोखरी,नवजोती प्रावि पाँचारे र प्रावि थापाचौरको कक्षा ५ को नतिजा प्रकासन हुन सकेको छैन् । कक्षा ५ र ८ को नतिजा प्रकासनको लागि मार्क लेजर सम्बन्धीत विद्यालयले चैत्र २५ गते सम्म नगर शिक्षामा वुझाईने निर्देशन थियो । तर केहि विद्यालयका प्रअहरुको लापरवाहिले बैशाख २ गते सम्म पनि मार्क लेजर नवुझाएको हुदाँ उक्त विद्यालयहरुको नतिजा प्रकासन गर्न नसकेको नगर शिक्षाको भनाई रहेको छ । साथै त्यस्ता विद्यालयका प्रअहरुलाई कारवाहि हुने समेत वताएको छ ।

प्रतिक्रिया