सागिनेमा पहिलो पटक गाडि पुग्यो

सागिनेमा पहिलो पटक गाडि पुग्यो

बन्गाड कुपिण्डेको छिमेकी गाउँपालीका सिद्धकुमाखको सागीनेमा पहिलो पटक जिप पुगेको छ । सिद्धकुमाख गाउँपालीकाको वडा ४ को सागिनेमा गाडि पुगे पछि स्थानीय निक्कै खुसी वनेका छन् । बन्गाड कुपिण्डेको वडा ५ खैरागाडसँग नजिक रहेको
उक्त गाउँ आफ्नै गाउँपालीकासँग सडक सञ्जालले नजोडिए पछि स्थानीय मर्कामा परेका छन् । अहिले सम्म उक्त गाउँपालीमा काम काजको लागि आवत जावत गर्न स्थानीय घण्टौ हिड्न् बाध्य भएको स्थानीय नविन चलाउनेले वताए । तर विगतको वर्षमा बन्गाड कुपिण्डेको तथा साविक मुलखोला गाविसले आफ्नो सिमा सम्म सडक पुर्याएको थियो । सिद्धकुमाख गाउँपालीकाको उचाल्ने देखि खार्वन हुदै सागिने जोड्ने सडक निमार्णमा निक्कै ढिला हुदाँ उक्त वडा सडक सञ्जाल जोडिन बाट पछि परेको स्थानीयको दुखेसो छ । बन्गाड कुपिण्डेको खैरागाड हुदै सागिने नजिकै सम्म सडक पहिले नै निमार्ण भएको थियो । सिद्धकुमाख गाउँपालीकाले हालै मात्रै ३ लाख रुपैयाँ विनीयोजन गरेको थियो । उक्त रकम प्रति स्थानीय रुष्ट वनेका थिए । सिद्धकुमाख गाउँपालीका भन्दा बन्गाड कुपिण्डेका कारण सो क्षेत्रमा सडक पुग्न सजिलो भएको तर आफ्नो गाउँपालीकाले भने वेवास्ता गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया