काँडाचौर र टुडिखेलमा मात्र प्रदर्शन पाइने

काँडाचौर र टुडिखेलमा मात्र प्रदर्शन पाइने

दैलेख, वैशाख ४ – सरकार अथवा कुनै निकायले गरेको निर्णय वा कार्यप्रति असन्तुष्ट पक्ष वा समूहले बिरोध गर्न परे दैलेखमा अव काँडाचौर र टुडिखेल बाहेक अन्यत्र बिरोध वा जुलुस प्रदर्शन गर्न नपाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामभित्र काँडाचौर र टुडिखेल बाहेक अन्यत्र बिरोध वा जुलुस प्रदर्शन गर्न नपाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
देशको शान्ति सुरक्षा, सुशासन र अनुशासन कायम राख्न गृह मन्त्रालयले जारी गरेको ८२ बुदे गृह प्रशासन सुधार कार्यायोजना अन्तरगत बुदा नं. ३० मा निश्चित ठाउँ, क्षेत्र वा स्थानमा मात्र बिरोध गर्न पाउने व्यवस्था मिलाउन भनिए अनुसार दैलेखमा यी २ वटा स्थान तोकिएको हो ।
सडक, यातायात र व्यापार बन्द गराएर बिरोध गर्ने गलत संस्कार हटाउन जिल्ला सुरक्षा समितिले गरेको यो निर्णयले स्थानीय रुपमा व्यापारलाई प्रत्यक्ष सहयोग पुग्ने र देशभर यसलाई व्यवस्थित गर्न सके देशको आर्थिक विकास र समृद्धिमा सहज हुने दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो ।

प्रतिक्रिया