डाडीमाँडीमा साँस्कृतिक मेला सुरु

डाडीमाँडीमा साँस्कृतिक मेला सुरु

दैलेख बैशाष ५- जिल्लाको डाडीमाँडी बजारमा बृहत साँस्कृतिक मेला सुरु भएको छ । डाँडीमाँडी बजार व्यवस्थापन समिति द्धारा आयोजित साँस्कृतिक मेला बुधवार देखि सुरु भएको हो । साँस्कृति मेलाको प्रदेश सभा सदस्य शुसिल कुमार थापाले उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य शुसिल कुमार थापाले दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई कर्णाली प्रदेशको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पहल थाल्ने बताए । उनले ज्वाला सभ्यताको विकासका लागि आफु प्रतिबद्ध रहेको उद्घोष गरेका छन् ।


यस्तै दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पंचकोशी क्षेत्रको विकासका लागि नगरले अभियाननै सुरुवात गरेको बताए । उनले पंचकोशि क्षेत्रमा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि जनताको हातेमालो आवश्यक रहेको औल्याए ।
मेला उद्घाटन कार्यक्रममा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा, दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्री लगाएतको उपस्थिती रहेको थियो ।
मेलाको पहिलो दिन कलाकारहरु सपना शाही, लक्ष्मी राना मगर लगाएतका कलाकारहरुले प्रस्तुती राखेका थिए । मेला बुधवार देखि आगामी बैशाष १० गते सम्म संचालन हुने मेला आयोजक समितिका अध्यक्ष भिम बहादुर शाहीले जानकारी दिएका छन् । मेलाको लागत करिब १५ लाख रुपैयाँ रहेको बताइएको छ । ६ दिन सम्म संचालन हुने मेलामा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया