बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि नागरिक समाज गठन

बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि नागरिक समाज गठन

बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले दुल्लुमा नागरिक समाज गठन गरिएको छ । बालबालिकाका हक अधिकारलाई सुनिश्चित गर्न दुल्लु नगरपालिकामा नागरिक समाज गठन गरिएको हो ।
सेफ नेपालका अध्यक्ष  तथा दाेर्णााचल शिक्षा क्याम्पसका सहायक प्राध्यपक तेजबहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय समितिको गठन गरिएको छ । बालबालिकाको क्षेत्रमा साझा क्रियाकलापहरु सञ्चालन गर्न नागरिक समाज गठन गरिएको खड्काले बताए । उनले थपे नागरिक समाज “तेस्रो क्षेत्र” हो जो सरकार र ब्यापार भन्दा भिन्न हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियकानुनले बालबालिकाको लागि व्यवस्था गरेका सेवा तथा सुविधाको उपलब्धताका लागि स्थानीय सरकारसँग छलफल तथा समन्वय गर्नेछौं ।

बालबालिकाका सवालहरुको पहिचान र सम्बोद्धनका लागि नागरिक समाजले सहयोग गर्ने दुल्लु नगरपालिकाका योजना अधिकृतसम्शेरबहादुर शाहीले बताए । उनले थपे, जहाँ सरकारको नजर पुगेको हुदैन् त्यहा नागरिक समाजको नजर पुगेको हुन्छ् । बालबालिका सम्बन्धि नीति निर्माण तथा कार्यान्वयनको क्षेत्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भन्दै शाहीले भने स्थानीय सरकारसँग साझेदारी र खबरदारीका लागि नागरिक समाज सक्रिय हुन आवश्यक छ ।
विगतमा शान्ति प्रक्रिया, दोस्रो जनआन्दोलनको सफलता र राजसंस्थाको वहिर्गमन लगायतका महत्वपूर्ण उपलब्धि नागरिक समाजकै सक्रियतामा भएको शाहीको भनाई थियो । नागरिक समाज कुनै पनि राजनैतिक दल र सत्ता पक्षबाट प्रभावित हुन नहुने उनले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तहरुका आधारमा स्थापित बाल संरक्षण तथा सम्बद्र्धनका मूल्य मान्यताहरुको कार्यान्वयनका लागि बाल संरक्षण अभियान्ताहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयात्रा परियोजनाका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, नागरिक समाज त्यस्तो एउटा स्वतन्त्र सञ्जाल हो जस्ले नागरिक अधिकारको संरक्षणका लागि वकालत गरिरहन्छ ।

प्रतिक्रिया