औलो न्यूनिकरण गर्न योजना बनाएर काम गर्छौ

औलो न्यूनिकरण गर्न योजना बनाएर काम गर्छौ

सल्यान- सल्यानको सल्लीवजारमा औलो दिवसको अवसरमा औलो निवारणका लागि एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । सल्यानको पश्चिम क्षेत्रलाई औलो रोग उन्मुलन र यसबाट बच्ने उपाएका बारेमा र सावधानीका विषयमा छलफल गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजना र बन्गाड कुपिण्डे नगर स्वास्थ्य शाखाको सञ्चालनमा कार्यक्रमको संचालन भएको थियो । यो क्षेत्र पनि औलोको उच्च जोखिम क्षेत्र भएकाले यस बाट बच्न घर आगन सरसफाई नै महत्वपुर्ण मानिएको छ ।
कार्यक्रमको प्रमुख अतिथी बन्गाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरमा औलो निवारणको लागि अहिलेको घरेलु विधी नैै उत्तम रहेको बताएका छन् ।
साथै यसलाई प्रभावकारी र सचेतना अभिवृद्धि गर्न जरुरि रहेको वताएको छ । नगर प्रमुखले आगामी दिनमा नगर स्वास्थ्य शाखाले यसलाई वढि प्रभावकारी पार्न वजेटको आवश्यकता पर्ने भएकोले योजना वनाई काम अघि वढाउन समेत प्रतिवद्धता जनाए ।


औलो दिवसको अवसरमा सवै स्वास्थ्यकर्मी, कार्यालय प्रमुख, कर्मचारी, पत्रकार, जनप्रतिनीधी र अन्य स्थानीय सरोकारवाला निकायलाई औलोको वारेमा नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले प्रशिक्षीत पारेको थियो ।
औलो दिवस कार्याक्रममा नगर उपप्रमुख मञ्जु यरी, जनप्रतिनीधी लगाएतले यो रोगलाई उन्मुलन गर्न सवैको जरुरत पर्ने बताएको छ । नगरको वडा १ का वडा अध्यक्ष शान्त कुमार यरीको अध्यक्षतामा भएको कार्याक्रमको सञ्चालन देवस्थल स्वास्थ्य चौकि अनमी लालीका चौधरीले गरेका थिए ।

प्रतिक्रिया