कर्णाली प्रदेशको बजेट एक अर्ब दुई करोड (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब दुई करोड (पूर्णपाठसहित)

ap

सुर्खेत: कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गरेको छ । आगामी तीन महिनाको लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले  एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका  हुन्  ।

कुल  बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजारअर्थात कूल विनियोजनको ४२.९५ प्रतिशत तथा पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार अर्थात कूल विनियोजनको ५७.०५ प्रतिशत बाँडिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले प्रदेश सभा सचिवालय तथा कर्णाली प्रदेश मन्त्रालयहलाई विनियोजन गरेको  ४५ करोडमा हाल सम्म खर्च भएको रकम ३ करोड ४० लाख ३८ हजार ६६ र पैसा ५१ मात्र यसैमा समावेश गरी कूल बजेट  १ अर्ब २ करोड ५ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

बजेटमा कृषि, हवाई सेवा, भौतिक पूर्वाधार, पर्यटन, जडिबुटी, विद्युत, खानेपानी सिचाई लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

बजेटको पूर्णपाठ

प्रतिक्रिया