२८ महिने बालिका बलात्कारको शिकार

२८ महिने बालिका बलात्कारको शिकार

पर्वत-मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा २८ महिने नाबालिका बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका हुन्।
बालिकाको घरमा गइरहने शेरचनले गएको शनिबार बालिकाको बुबा र आमा घरमा नभएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो।

आफू घरबाहिर दाउरा चिर्दै गर्दा शेरचनले बालिकालाई काखमा खेलाइरहेको बालिकाकी आमाले बताएकी छिन्। एक्कासी बालिका रोएको आवाज सुनेर घरभित्र पस्दा शेरचनले करणी गर्दै गरेको दृश्य देखेको उनले बताइन्। लगत्तै शेरचन त्यहाँबाट भागेका थिए। बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लेतेलाई मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।

रौतहटमा पनि उस्तै

रौतहट-गुजरा नगरपालिकाका एक युवकले दुई नाबालिकालाई एकैदिन फरक–फरक ठाउँमा लगेर बलात्कार गरेको रहस्य सार्वजनिक भएको छ।

घरनजिकैको बाँसघारीमा लगेर गुजरा नगरपालिका–८ का रमेश रामले छिमेकी दुई बालिकालाई बलात्कार गरेका हुन्। घटना ३ दिनअघिको हो। ती बालिकालाई बलात्कारी रामले पैसा दिन्छु भन्दै फकाएर राखे पनि अन्ततः घटना सार्वजनिक भएपछि उनी पक्राउ परेका छन्।

बलात्कारी रामले छिमेकी ५ र ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूको अभिभावकले न्याय दिलाइदिन आग्रह गरेका छन्। रौतहटमा पछिल्लो १० महिनाको अवधिमा १० वटा जबरजस्ती करणीका घटना भएका छन्।

 

 

 

प्रतिक्रिया