योजनाको अनुगमनलाई तिब्रता

योजनाको अनुगमनलाई तिब्रता

बैशाख १८ (दुल्लु) दैलेख – दुल्लु नगरपालिका भित्र निमार्ण भएका विकास योजनाको अनुगमन लाई नगरपालीकाले तिब्रता दिएको छ । दुल्लु नगरपालीका वडा नं. ९ मा निमार्ण भएका योजनाको अनुगमन गरीएको हो । वडामा निमार्ण भएका भजनिया पातलपाटा सडक, आधुनिक घट्ट, हंसज्वाला आधारभुत विद्यालयको फिल्ड निमार्ण, कृषि उपज संकलन केन्द्रको भवनहरुको निरिक्षण गरिएको हो ।

यस्तै बाघथाला पादुकाखोला गोरेटो बाटो, पादुका तटबन्ध, दारेढुङ्गा गोरेटो बाटोे खेतुल्ला सिचाई पोखरीे, गाँडासाल सिचाई पोखरी र बडिपाटीमा निर्माण भएका टर्नेलहाउस लगायतका बिकासे योजनाको अनुगमन गरिएको हो ।
निर्माण भएका योजनाको दिगोपाना र गुणस्तरिय कायम राख्नका लागि मर्मत सम्भार कोषको आवश्यक भएको भन्दै मर्मत सम्भार कोष बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
नगरमा भएका सबै योजनाको अनुगम गर्ने र गुणस्तरीय भए नभएको चेकजाँच गर्ने बताउदै दैलेखकै नमुना नगरपालिका बनाउनेमा सबैलाइ हातेमालो गरी अगाडी बढनु पर्ने नगर उपप्रमुख बिष्णु थापाले बताइन ।
अनुगमन टोलीमा दुल्लु नगरपालिका योजना अधिकृत तुलसी प्रसाद उपाध्याय, इन्जिनियर कुमार खेम सुन्दर शाही, वडा नं. ९ का वडाअध्यक्ष रण बहादुर बोहोरा, सवइन्जिनियर देव बहादुर नेपाली, असिस्टेन्स सवइन्जिनियर रभिन्द्र रिजाल, नगरकार्यपालिका सदस्य खजुरा सुजी सहभागि थिए ।

प्रतिक्रिया