२ सय लिटर मदिरा नियन्त्रण

२ सय लिटर मदिरा नियन्त्रण

दैलेख बैशाख १९ – भैरवी गाउँपालिका वडा नं. ४ मा निर्वाचित जनप्रतिनीधिहरु मदिरा नियन्त्रण अभियानमा होमिएका छन् । अभियान अन्तरगत बुधवार वडाअध्यक्ष बिरेन्द्र शाहीको अगुवाईमा करिब २ सय लिटर मदिरा नियन्त्रण गरिएको छ । एक हप्ता अगाडि देखि मदिरा नियन्त्रणको लागि सुचना जारि गरेको भएपनि व्यापारिहरुले सुचनाको बेवास्ता गरेपछी मदिरा नियन्त्रण गरि सार्बजनिक स्थलमा नै नष्ट गरिएको छ ।


वडाले चलाएको अभियानबाटसमाजमा हुने बिकृती र विसंगती न्यूनिकरण भई सभ्य समाज निर्माणमा सहयोग पुग्ने वडा अध्यक्ष विरेन्द्र शाहीले बताए । समाजलाई सहि बाटोमा डो¥याउने अभियानको थालनी गरेका छौ, अध्यक्ष शाही भने ‘अव्यवस्थित मदिराले आर्थिक हानि मात्र गर्दैन, सामाजिक र नैतिक रुपमा पनि पतन गराउँछ, यसलाई जसरी पनि व्यवस्थित गर्छौ ।’
गाउँमा खुलेआम मदिरा विक्रि तथा सेवन गर्न थालेपछि व्यापक रूपमा विभिन्न सञ्चार माध्यामबाट सचेतनामुलक जानकारी गरे पश्चात केहि कम भएको अध्यक्ष शाहीले दावी गरे । मदिरा सेवनले गाउँघरमा चोरी, लुटपाट, झै–झगडा हुने क्रम बढेकोले सर्वदलिय निर्णय गरि जुवा तास र अवैध मदिरा रोक्ने अभियानको सुरुवात गरिएको अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया