योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठि

योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठि


दैलेख बैशाख २३-नारायण नगरपालिका वडा नं. ३ मा रहेको पंचदेवल आधारभुत विद्यालय भुर्तीमा बहुक्षेत्रिय पोषण योजनामा आधारित प्रारम्भिक बाल विकास केन्द्रको योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न भएको छ । ३ दिन सम्म संचालन हुने गोष्ठिको उद्घाटन गर्दै नारायण नगरपालिका दैलेखको प्रमुख रत्न बहादुर खड्काले बाल विकासलाई पढ्ने र लेख्ने थलोको रुपमा मात्र नभई बाल बालिकाहरुको सर्वाङ्गगीण विकासको अबसर दिने थलो भएको बताएका छन् । उनले बाल विकास केन्द्रबाट बालबालिकाहरुको शारिरिक, मानसिक, बौद्धिक र सामाजिक पक्षको विकास हुने बताउदै बालबालिकाहरुलाई विकास बिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताए ।
अर्को प्रशंगमा प्रमुख खड्काले नगर भित्रका बाल विकास केन्द्रहरुको विकासका लागि नारायण नगरपालिकाले नगर सभाबाट बाल विकासका लागि योजना छनौट गरि रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
पंचदेवल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर नेपालीको अध्क्षतामा सुरु भएको गोष्ठिमा नारायण नगरपालिकाका स्रोत व्यक्ति, वडा नं. ३ र १० का वडा अध्यक्ष, विभिन्न विद्यालयमा प्रधानाध्यापकहरु,वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका पदाधिकारी, वडा नागरिक मञ्चका पदाधिकारी, बाल क्लबको पदाधिकारी, बाल विकास सहयोग कार्यकर्ता अभिभावकहरुको सहभागिता रहेको छ ।
नारायण नगरपालिकाको आयोजना, युरोपियन युनियन, युनिसेफ,पोषण तथा खाद्य सुरक्षा नेपालको सहयोगमा संचालन भएको गोष्ठिको प्राविधिक सहयोग सेतो गुरासँ बाल विकास सेवा केन्द्र दैलेखले गरेको थियो । गोष्ठिको सहजिकरणल सेतो गुरासँ बाल विकास सेवा केन्द्र दैलेखका प्रशिक्षक राधा मल्ल र डम्बर रोकायले गरेका थिए ।
गोष्ठिमा नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा, विद्यालय स्रोत व्यक्ति हिमालयजंग शाह, वडा अध्यक्ष लोक बहादुर थापाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बाल विकास केन्द्रलाई आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया