पंचकोशी लोक सांस्कृतिक मेलामा ४२ लोक संस्कृति प्रदर्शन गरिने

पंचकोशी लोक सांस्कृतिक मेलामा ४२ लोक संस्कृति प्रदर्शन गरिने

 दैलेख (दुल्लू) । यहि वैशाख ३१ देखि जेष्ठ ४ गतेसम्म सञ्चालन हुन लागेको पंचकोशी लोक सांस्कृतिक मेलामा स्थानीय स्तरमा रहेका पंचेबाजा, लोक देउडा, मारुनी नाँच, फड्को, लगायतका ४२ लोक संस्कृति प्रदर्शन गरिने भएको छ ।
दुल्लु नगरपालिकामा आयोजित सांस्कृतिक मेलाको पहिलो दिन मंगलबार देउडा र ठाडीभाका पंचकोशी लोक सांस्कृतिक मेला सुरु भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण र सम्वद्र्धनको अभियान’ भन्ने नाराका साथ मेला सुरु भएको हो ।


धार्मिक सांस्कृतिक, तथा प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्दै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा दुल्लुलाई चिनाउने उद्देश्यले सांस्कृतिक मेला आयोजना गरेको दुल्लू नगरप्रमुख घनश्याम भण्डारीले जनाएका छन् ।
मेलाको पहिलो दिन दुल्लू नगरपालिकाको वडा नम्बर ७ पटाङ्गीनीमा भएको मेलामा दुल्लू क्षेत्रमा गाइने ठाडीभाका, देउडा लगायतका गितले दर्शकलाई मनोरन्जन दिएका थिए । मेलामा अछामी देउडा गायक पान्सरी थापाले आफ्नो प्रस्तुती दिएकी थिइन् । ४ दिनसम्म चल्ने मेलामा दुल्लू क्षेत्रका पुराना संस्कार रितिरीवाजमा रहेका सम्पूर्ण नाँचहरु प्रस्तुत हुने छन् ।

 

प्रतिक्रिया