जनजागृतीले मनायो २१ अाैँ बार्षिक उत्सब

जनजागृतीले मनायो २१ अाैँ बार्षिक उत्सब

दैलेख जेठ ३- नारायण नगरपालिकाको वडा नं. ३ प्युसेमा रहेको जनजागृती आधारभुत विद्यालयले आफ्नो बार्षिक उत्सब मनाएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो २१ औ बार्षिक उत्सब मनाएको हो ।

बिद्यालयको बार्षिक उत्सब कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्का, स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि, विद्यालय निरिक्षक, अभिभावक, विद्यालयहरुको सहभागिता रहेको थियो ।

२०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले १ सय ३५ जना बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सब कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर नेपालीले गरेका थिए ।

प्रतिक्रिया