जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृती

जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृती

अर्जुन शाही
आठवीस नगर, जेठ ३
आठवीस नगरपालिका वडा नं. २ का विभिन्न विद्यालयमा अध्ययनतर बालबालिकाहरुलाई छात्रबृति प्रदान गरिएको छ । आर्थीक अवस्था कमजोर भएका विपन्न र जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृति प्रदान गरिएको हो । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख साझेदारीमा संचालित सहयात्रा परियोजनाले बालबालिकाहरुलाई छात्रबृति प्रदान गरेको हो ।


बालबालिकाहरुलाई विद्यालय पोषाक, कापी, कलम, झोला लगाएतका सामग्री वितरण गरिएको सहयात्रा परियोजनाकी सामाजिक परिचालक लक्ष्मी चलाउनेले जानकारी दिनुभएको छ । बालबालिकाहरुलाई छात्रबृति वितरण कार्यक्रममा आठवीस नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुर्ण प्रसाद खनाल लगाएतको सहभागिता रहेको थियो ।
छात्रवृत्ति पाउने बालबालिकाका अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधिहरुले असहायहरुका लागि सहयोगी हात बन्दै सहयोग गर्ने सोसेक नेपाल दैलेख तथा सेभ द चिल्ड्रेन लाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया